टोकियो ।

१० हजार बढी सदस्य सहित अहिलेसम्मकै ठूलो सदस्यसंख्या बनाएको गैर आवासिय नेपाली संघ जापानको अधिवेशन अगष्ट १३ तारिखमा हुने भएको छ ।

१३ वटा क्षेत्रिय कमिटि मध्ये सचिव बुद्धिराज घिमिरेको आतिथ्यतामामा ओकिनावामा लक्ष्मण ओझा नेतृत्वमा सर्वसम्मत कमिटि चयन भइसकको छ ।

सन् २०१७ देखी १९ सम्मको लागि जापानमा रहेका नेपालीहरुको साझा संस्थाका रुपमा चिनिने एनआरएन जापानको नेतृत्वको लागि सरगर्मी बढिरहँदा क्षेत्रिय कमिटिमा नेतृत्वमा आउनेहरुबिच पनि प्रतिस्पर्धा देखिएको छ । यद्यपी एनआरएन जापानले भने सर्वसम्मत नेतृत्वको प्रयास क्षेत्रिय सहित राष्ट्रीय कमिटिमा पनि प्रयास गरिने बताउँदै आएको छ ।

खुल्ला रुपमा उम्मेद्धारी घोषणा नगरेपनि एनआरएन जापानको भावि नेतृत्वको लागि अध्यक्षमा उपाध्यक्ष टासी लामा र अनुज थापा दावेदार देखिएका छन् भने महासचिवमा सचिव बुद्धिराज घिमिरे तथा नयाँ अनुहारका रुपमा जोन छन्त्याल मैदानमा उत्रिएका छन् ।

बरिष्ठ उपाध्यक्षमा देविलाल भण्डारी आकांक्षी देखिएका छन् । श्रोत भन्छ-'भण्डारीले अध्यक्षमा उम्मेद्धारी दिएपनि उहाँ बरिष्ठ उपाध्यक्षमा सहमत हुने देखिन्छ ।'

यस्तै उपाध्यक्षमा भने बाहिरि रुपमा घोषणा नगरिएपनि प्रेम कँडेल र सरोज खत्री दावेदार देखिएको एनआरएन कमिटिमा रहेका व्यक्तिहरु बताउँछन् ।

सचिव देखी महिला उपाध्यक्ष, कोषाध्यक्ष लगायत पद र सदस्यहरुमा समेत विभिन्न व्यक्तिले स्वतन्त्र रुपमा आफ्नो उम्मेद्धारी घोषणा गर्ने क्रम बढ्दै गएको छ ।

एउटै पदमा दुई भन्दा बढी व्यक्तिहरुको उम्मेद्धारी बढ्दै जाँदा सर्वसम्मत प्रयास गरिने बताइएपनि निर्वाचन हुने माहौल बढ्दै गएको देखिन्छ ।

यस्तो छ एनआरएनए जापान (२०१७-१९)को लागि अधिवेसनको समय तालिका

१.एनआरएनए जापान राष्ट्रीय कमिटि:-२०१७-८-१३ (आईतबार)

२. एनआरएनए जापान ओकिनावा क्षेत्रीय कमिटि:-२०१७-६-१०(सनिवार):-सम्पन्न

३. एनआरएनए जापान , क्यूस्यू क्षेत्रिय कमिटि:- २०१७-६-२४(सनिवार)

४. एनआरएनए जापान सेन्दाई क्षेत्रिय कमिटि:-२०१७-७-१(सनिवार)

५. एनआरएनए जापान होकिरिकु क्षेत्रीय कमिटि:-२०१७-७-९(आईतबार)

६. एनआरएनए जापान कान्साई क्षेत्रिय कमिटि:-२०१७-७-१०(सोमवार)

७. एनआरएनए जापान गुन्मा क्षेत्रिय कमिटि:-२०१७-७-१६(आईतवार)

८. एनआरएनए जापान तोउचिगि क्षेत्रिय कमिटि:-२०१७-७-२(आईतबार)

९. एनआरएनए जापान,नागानो क्षेत्रिय कमिटि:-२०१७-६-२६(सोमवार)

१०. एनआरएनए जापान,कान्तो क्षेत्रिय कमिटि:-२०१७-(निर्णय आईनसकेको)

११. एनआरएनए जापान,निगाता क्षेत्रीय कमिटी:- २०१७- -(निर्णय आईनसकेको )

१२. एनआरएनए जापान,सिजोओखा क्षेत्रिय कमिटि:- २०१७- - ( निर्णय आईनसकेको )

१३. एनआरएनए जापान, हिरोशिमा क्षेत्रीय कमिटी:- २०१७- - (निर्णय आईनसकेको )

१४.एनआरएनए जापान, होक्काईदो क्षेत्रीय कमिटी:-२०१७- -(निर्णय आईनसकेको)

कान्तो क्षेत्रिय कमिटिको ९ तारिख तथा नागानोको पनि ९ तारिख भनिएपनि नागानोको मिति परिवर्तन हुन सक्ने बुझिन्छ ।

यसैगरि कान्तो बाहेक सबैको सदस्यता परिचय पत्र छापिसकेको एनआरएन जापानले भोली सम्ममा कान्तोको पनि सक्ने र सबै क्षेत्रहरुको सदस्यता परिचयपत्र पठाउने तथा वितरण काम थालिसकेको छ ।

करिव ७० देशमा स्थापना भइसकेको गैर आवासिय नेपाली संघ एनआरएनको हालसम्म सबैभन्दा बढी सदस्य संख्या अमेरिका रहेको बताइन्छ । जसको सदस्य संख्या १७ हजार बढी रहेको छ ।

करिव ७० हजार नेपाली रहेको जापानमा गत बर्ष ५ हजारको हाराहारीमा सदस्य रहेपनि यसपटक अनलाईन माध्यमबाट सदस्यता आवेदन दिन सकिने व्यवस्थापछि यो संख्या बढेर १० हजार नाघेको हो ।

यसैबिच गैरआवासीय नेपाली संघ जापानको कान्तो क्षेत्रीय समितिको अधिवेशनका लागि निर्वाचन समिति गठन गरिएको छ ।

अधिवेशनलाई मध्ये नजर गर्दै ३ सदस्यीय निर्वाचन समिति गठन गरिएको हो ।

निर्वाचन समितिको संयोजकमा शालिकराम भण्डारी, सदस्यमा विकाश श्रेष्ठ र विशेश्वर रेग्मी रहेका छन् ।

सो अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिने बुझिएको छ ।

क्षेत्रीय समितिका अनुसार जुलाई ९ तारिख बिहान ९:३० बजेबाट सेकाचु सानको प्लाजा 'हिगाशी इकेबुकुरो' मा अधिवेशन हुने आयोजकले जनाएको छ ।

एनआरएन जापानको सदस्य १० हजार बढी, सदस्यताबाटै झण्डै १ करोड ५ लाख येन संकलन (नामावलि सहित)

15.25¡ÆC