टोकियो ।

नेपाली राजदूतावास जापानले जापानी रोजगारदाता कम्पनीसँगको सहकार्यमा रोजगार अवसर मेलाको आयोजना गर्ने भएको छ ।

नेपाली दूतावासले विज्ञप्ति जारी गरेर एसियाली विद्यार्थीहरुलाई प्राथमिकता दिइने सो मेला मेट्रोपोलिसन टोकियो प्रोफेसनल इन्टिच्युसन एसोशिएसनले ग्लोबल’ ह्युमन रिसोर्स क्यारियर फोरम नामक’ रोजगार अवसर मेला आयोजना गरिएको जनाएको छ ।

दशौं हजार नेपाली विद्यार्थी रहेको जापानमा नेपाली विद्यार्थीहरुको संख्या बढ्दो क्रममा रहेपनि अध्ययन पछि रोजगारको समस्या तथा अध्ययनको सुरुवातीमा नेपाली विद्यार्थीहरुले रोजगारको समस्या व्यहोर्दै आएका छन् ।

दूतवासको विज्ञप्तिमा उल्लेख भए अनुसार मेलामा नेपाली विद्यार्थी सहित अन्य काम गरिरहेकाहरुले पनि सहभागीता जनाई नयाँ कम्पनीहरुमा काम गर्ने अवसर रोज्न सक्नेछन् ।

जापानका २० बढी प्रख्यात ठूला कम्पनी सहित विभिन्न रोजगारदात कम्पनीहरुले सो मेलामा रोजगारिका विभिन्न अवसर तथा परामर्श गर्नेछन् ।

21.56¡ÆC