गोर्खाल्याण्ड लडाई निर्णायक बन्दै, दार्जीलिङमा जीटीए खारेज सहित अनिश्चितकालिन बन्द

असार ६, २०७४ मा प्रकाशित | 2036 views

दार्जीलिङ ।

नेपाली भाषीमाथि पश्चिम बंगाल सरकार र भारतले गर्दै आएको अत्याचारका बिरुद्ध जागेका

दार्जीलिङका नेपालीभाषीहरुले गोर्खाल्याण्ड स्थापनाको आन्दोलनलाई अन्तिम लडाइका रुपमा आन्दोलन थप चर्काउने निर्णय गरेका छन् ।

दार्जीलिङमा भएका दलहरुको मंगलबारको बैठकले अनिश्चितकालीन बन्द जारी राख्ने निर्णय गर्दै जीटीए खारेज गर्ने निर्णय गरेको छ ।

जीटीए खारेज सहित गोर्खाल्याण्ड राज्य माग पुरा गराउन राजनैतिक लबिङको लागि एक टोली दिल्ली जाने भएको छ । जुन टोलिले प्रधानमन्त्री, राष्ट्रपतिसहित सबै दलका शिर्ष नेता र सम्वद्ध पक्षसँग गोर्खाल्याण्डको आफ्नो अन्तिम माग प्रस्तुत गर्ने भएको छ ।

सर्वदलिय बैठकपछि बोल्दै पी अर्जुनले भने ‘राज्य शान्ति चाहान्छ, यदि साँच्चै नै चाहन्छ भने पहाडबाट सेना र पुलिस हटाउनुपर्छ, जताभावी पक्राउ गर्ने काम बन्द गर्नुपर्छ, इन्टरनेट सेवा खुला गर्नुपर्छ र नेपाली बाहुल क्षेत्रबाट बङ्गला भाषा बाध्यात्मक गर्ने निर्णय फिर्ता लिनुपर्छ, पहाड शान्त हुनेछ।’

यही २२ तारिखका दिन पश्चिम बंगाल सरकारले सिलगढीमा बोलाएको बैठकमा कुनै पनि दल नजाने निर्णय पनि सो बैठकले गरेको छ । यता २४ तारिख दार्जिलिंगमा छुट्टै तेस्रो सर्वदलीय बैठक डाकिएको र त्यसले थप निर्णय गर्ने बताइएको छ ।

‘अल इण्डिया कोअर्डिनेशन कमिटी फर गोर्खाल्याण्ड’ गठन गरेर गोर्खाल्याण्डको पक्षमा भारतभर रहेका व्यक्तिहरुलाई समेटर बृहत आन्दोलन चर्काउने निर्णय समेत बैठकले गरेको छ ।

१४ विभिन्न दल र संघसंस्थाको बैठकपछि गोरामुमोका निरज जिम्बाले अब कुनै पनि वार्ता राज्यसित नगर्ने बैठकमा निर्णय गरिएको बताउँदै अब गोर्खाल्याण्ड भएपछिमात्र कञ्चनजङ्गा हाँस्ने स्पष्ट पारे ।

यसैबिच गोर्खाल्याण्डको पक्षमा आज भारत सिक्किममा हजारौंको संख्यामा भेला भएका नागरिकहरुले भारतीय सेनाको गोली लागेर मृत्यु भएका तीन गोर्खाल्याण्ड सहिदको सम्मानमा मैनबत्ती बालेका छन् ।

गोर्खाल्याण्डको लागि सहिद भएका बिमल शशांकर, महेश गुरुगं र सुनिल राईको सपना पुरा गरेरै छोड्ने भन्दै उनिहरुले गोर्खाल्याण्डको पक्षमा सिक्किमका जनता साथ रहेको बताएका छन् ।

विश्वभरबाट गोर्खाल्याण्डलाई समर्थ जुट्दै

दार्जीलिङमा चर्केको गोर्खाल्याण्ड आन्दोलन दबाउनलाई तीन गोर्खाली सपुतको हत्या गरेको पश्चिम बंगाल सरकारले आन्दोलन थप चर्केपछि डराएर यसक्षेत्रमा ईन्टरनेट सेवा बन्द गराएको छ ।

आन्दोलका बारेमा इन्टरनेटबाट व्यापक प्रचार भएपछि अत्तालिएकी पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले इन्टरनेट सेवा बन्द गराएपनि यस क्षेत्रमा आन्दोलन झनै चर्कीएको छ ।

यसको साटो विश्वभरबाट गोर्खाल्याण्ड आन्दोलनलाई साथ र समर्थन जुट्न थालेको छ । इजरायल, बहराइन, बेलायत, नेपाल सहित दर्जन बढी विभिन्न देशमा गोर्खाल्याण्डको पक्षमा दबाव समुह सहित समर्थन र भारतीय ज्यादतीको बिरोध हुन थालेको पाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web