गोकर्ण अधिकारी-टोकियो ।

नेपालीमाझ लोकप्रिय छवि बनाएका चार व्यक्तिले जापानमा रहेका नेपालीलाई पहिलो पटक आफ्नो प्रेरणादायी सम्वोधन गर्ने भएका छन् ।

जापानको राजधानी टोकियो र दक्षिणी जापानको फुकुओकामा चर्चीत व्यक्तिहरु रविन्द्र मिश्र, डा केदारभक्त माथेमाको साथमा जिज्ञानकुमार थापा र प्रेम बानियाले आफ्नो प्रेरणादायी सम्वोधन गर्ने भएका हुन् ।

समृद्ध नेपाल निर्माणमा प्रवासी नेपालीहरुको भुमिका बिषयमा हुने कार्यक्रममा मिश्र र बानियाँ सहित त्रिभुवन विश्वविद्यालयका उपकुलपति तथा पूर्व राजदूत केदार भक्त माथेमाले राजधानी टोकियोमा हुने कार्यक्रममा आफ्नो प्रेरणादायि बिचार राख्नुका साथै अन्र्तक्रिया गर्नुहुनेछ ।

जापानमा रहेका नेपालीहरुको लागि प्रेरणादायी कार्यक्रमको संयोजन गरिरहेका जापानका लागि जापानको लागि नेपाली अबैतानिक पर्यटन प्रतिनिधि अनुज थापाका अनुसार कार्यक्रमको लागि लोकप्रिय पत्रकार प्रेम बानियाँ उपस्थितिको लागि प्रक्रिया अघि बढेपनि भिषा प्रक्रिया पुरा भइसकेको छैन ।

फुकुओकामा हुने कार्यक्रममा नेपाली विद्यार्थीहरुको विशेष सहभागीता रहने भएकाले सो कार्यक्रममा वक्ताहरुले जापानमा नेपाली विद्यार्थीको चुनौति र भविष्य बारे आफनो बिचार प्रस्तुत गर्नेछन् । सो कार्यक्रममा रबिन्द्र मिश्र, डा. केदारभक्त माथेमा र जिज्ञानकुमार थापाले सम्वोधन गर्ने तय भएको छ ।

पाकिस्तानमा अध्ययनसँगै रोजगार तथा बेलायतमा अध्ययन तथा बिबिसी नेपाली सेवामा करिव दुई दशक काम गरेका प्रखर रबिन्द मिश्र कार्यक्रमको लागि २८ तारिखका दिन जापान आउने बुझिएको छ ।

'म साझा पार्टीको कार्यक्रमको लागि भन्दा जापानमा रहनुभएका नेपालीमाझ विशेषगरि युवामाझ प्रेरणादायी धारणा राख्नको लागि आउँदैछु' टपनेपालन्युजडटकमसँगको कुराकानीमा साझा पार्टी निर्माण गरेर "परिवर्तन सम्भव छ हाम्रै पालामा" भन्ने नारा सहित राजनीतिमा युवा सहभागीता र सबल नेतृत्व निर्माणमा जुटेका रविन्द्र मिश्रले भने -'अवश्यपनि सहभागीहरुले साझा पार्टीलाई पनि जोडेर प्रश्न गर्नुभयो वा जिज्ञासा आयो भने साझा पार्टी जोडिन्छ नै तर म साझा पार्टीको प्रचारको लागि भन्दापनि आयोजकहरुले राख्नुभएको विषय अनुसारको आफ्नो अनुभव तथा बिचार र सम्वोधनका लागि आउन लागेको हुँ ।'

यसैगरि कार्यक्रममा पूर्व राजदूत समेत रहीसक्नु भएका डा। केदारभक्त माथेमाले समेत आफ्ना अनुभव सहित विद्यार्थी तथा जापानमा रहेका नेपालीको लागि प्रेरणादायी सम्वोधन गर्ने आयोजले जनाएको छ ।

जापानमा रहेका नेपालीमाझ परिचित तथा लोकप्रिय खानागावा प्रान्तका सल्लाहकार समेत रहेका जिज्ञानकुमार थापाले कार्यक्रममा 'जापानमा रहेका नेपालीहरुले कस्तो बाटो अपनाउँदा सहज हुन्छ?' भन्ने बिषयमा रहेर आफ्नो अनुभव तथा प्रस्तुती राख्नुहुने बताइएको छ ।

जापानी सञ्चारमाध्यमसँग परिचित तथा काम गर्दै आएका थापा जापानमा हुने नेपाली कार्यक्रम तथा नेपालको प्रचारप्रसार तथा दुई देशबिच सुमधुर सम्वन्ध निर्माणमा महत्वपूर्ण भुमिका निभाउँदै आइरहेका छन् ।

समृद्ध नेपाल निर्माण अभियानले आयोजना गरेको कार्यक्रममा जुलाई २ तारिख आइतबारका दिन राजधानी टोकियोको नाकानो स्टेशन नजिकै रहेको नाकानो जिरो हलमा साँझ ५:३० बजेबाट सुरु हुनेछ ।

फुकुओकामा २९ तारिखमा हुने कार्यक्रममा भने नेपालका चर्चीत चार व्यक्तित्वसँगै फुकुओका इमिग्रेसन ब्युरो, फुकुओका प्रहरी, फुकुओका गभरमेन्टको तर्फबाट समेत सहभागीता रहने आयोजकले बताएको छ । कार्यक्रम मिनामी सिमीन हल ओहासिमामा बिहान १० बजे देखि शुरु हुुनेछ ।

18.02¡ÆC