संखुवासभा ।

सङ्खुवासभाको भोटखोला गाउँपालीका २, च्याम्ताङका माओवादी केन्द्रका खुल्ला वडा सदस्य छिनाङ भोटेको हत्या भएको छ ।

हिजो साँझ छिमेकी ५४ वर्षिय छिमिक भोटेसँग वाटोको विषयमा विवाद भएको र छिमिकले टाउकोमा ढुंगाले प्रहार गर्दा घाइते भएका छिनाङको स्थनिय चेपुवा स्वास्थ्य चौकीमा उपचार गरी घर लैजाने क्रममा राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

उमेदवारी दर्ता गराएका एक जनाको मृत्यु

बैतडी ।

बैतडीमा स्थानीय तहको निर्वाचनमा उम्मेद्वारी दर्ता गराएका बैतडीे डिलाशैनी गाउँपालिका वडा नं ७ का गोविन्द कार्कीको हृदयघातका कारण मृत्यु भएको छ ।

७० बर्षीय कार्किले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वडा सदस्य पदमा उम्मेद्वारी दर्ता गराएको प्रहरीले जनाएको छ ।

17.17¡ÆC