जापानमा रहेका इन्जिनियर र विद्यार्थी नेपाल र नेपालीका लािग क्षमता आदानप्रदान गर्दै

असार ४, २०७४ मा प्रकाशित | 1077 views

टोकियो ।

नेपाल र नेपालीको हितको लागि जापानमा रहेका नेपाली इन्जिनियर र विद्यार्थीहरुले आफ्ना अनुभव र क्षमताहरु संयुक्त रुपमा आदान प्रदान गर्ने भएका छन् ।

जापान बासी नेपाली इन्जिनियरहरूको संस्था नेआज र विद्यार्थीहरूको संस्था नेसाजले हरेक वर्ष गर्दै आएको कार्यशाला यसबर्ष संयुक्त रुपमा गर्ने भएका हुन् ।

कार्यशालालाई नेपाल र नेपालीको हितको लागि सदुपयोग गर्ने उदेश्यले आउँदो जुलाई महिनाको ८ तारिक शनिबार टोकियोमा कार्यक्रम गर्न लागिएको नेसाजका उपाध्यक्ष राजु तिवारीले जानकारी दिनुभयो ।

नेपाल र नेपालीको हितको लागि बौद्धिकता आदानप्रदान शिर्षकमा हुन लागेको कार्यशालाको लागि डा. वेद प्रसाद काफ्लेको संयोजकत्वमा १० सदस्यीय आयोजक समितिको गठन गरिएको छ ।

टोकियो सहरको पश्चिम भागमा अवस्थित एसिया युनिवर्सिटीको हलमा गरिने कार्यशालामा नेपाली प्राद्यापक, इन्जिनियर, विद्यार्थी लगायत विभिन्न पेशामा आवद्ध जापानमा रहेका नेपालीहरुले आफ्नो प्रस्तुती राख्नुहुनेछ ।

सन् १९९७ मा स्थापित जापानमा रहेका नेपाली विद्यार्थीको पुरानो छाता संगठन नेसाज र २००३ सालमा स्थापित जापानमा रहेका नेपाली इन्जिनियरहरूको संगठन नेआजले गतवर्षबाट आफ्नो कार्यशाला संयुक्त रुपमा गर्न थालेका हुन् ।

जापानमा रहेका नेपालीहरुलाई समेट्ने हिसावले यसअघि टोकियो, ओसाका, क्योटो, फुकुओका, मात्चुयाममा गरेको कार्यशाला यसपटक पुन टोकियोमै गर्न लागेको हो ।

कार्यशालामा उपस्थित भएर जापानमा रहेका नेपालीहरुको क्षमता तथा उनिहरुले गरिरहेका काम सहितअनुभव र बौद्धिकताबारे जानकारी लिन सकिने नेसाजका उपाध्यक्ष राजु तिवारीले टपनेपालन्युजडटकमलाई जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web