गृहमन्त्रीका योजना-‘सुरक्षाकर्मिलाई सेवा सुविधा थप, नियमानुसार सरुवा, म्यादीलाई प्रमाणपत्र र सम्मान’

असार ४, २०७४ मा प्रकाशित | 1079 views

रुकुम ।

गृहमन्त्री जनार्दन शर्माले तल्लो स्तरका सुरक्षाकर्मिको सेवा सुविधा वृद्धि गर्ने योजनामा आफु रहेको बताएका छन् ।

रुकुम आइपुगेका मन्त्री शर्माले सुरक्षा व्यवस्था सुदृढ र व्यवस्थित बनाउन तल्लो स्तरका कर्मचारीको सेवा सुविधा बढाउनु आवश्यक रहेको भन्दै नियमानुसार सरुवा बढुवामा आफुले काम गरिरहेको बताए ।

यसैगरि स्थानिय तह निर्वाचनमा खटिएका म्यादि प्रहरीलाई ससम्मान प्रमाणपत्र सहित विदा गरिने समेत बताए ।

त्यसअघि जिल्लाका सरकारी कार्यालय प्रमुखहरुसँगको भेटमा मन्त्री शर्माले विकास बजेट फ्रिज नहुने गरी काम गर्न निर्देशन दिएका थिए ।

गृहमन्त्री भएपछि शर्मा पहिलोपटक गृहजिल्ला रुकुम आएका हुन् ।

राजनीतिक प्रशंगमा मन्त्री शर्माले असार १४ मा हुने दोस्रो चरणको चुनाव शान्तिपुर्ण तरीकाले सम्पन्न गर्न सम्पुर्ण सुरक्षा ब्यबस्था मिलाईएको बताए ।

गृहमन्त्री शर्माले तेस्रो चरणको निर्बाचन मिति तराईमा आन्दोलनरत दलहरुको सहमतिमै तोकिएको बताउँदै अहिले राजपा आफैले गरेको सहमति विपरित गएर आन्दोलन गरिरहेको र यो राम्रो नभएको समेत बताए ।

सहमती अनुसार आन्दोलनमा होमिन सुझाव दिंदै गृहमन्त्री शर्माले तराईका जनताको मताधिकार सुनिश्चित गर्न २ नम्बर प्रदेशको निर्वाचन सारिएको जिकिर समेत गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web