अमेरिकी नौसैनिक पानी जहाँज फिलिपिनी पानी जहाँजमा ठोक्किँदा २३ घाइते ७ बेपत्ता

असार ३, २०७४ मा प्रकाशित | 1481 views

टोकियो ।

जापानी समुन्द्री क्षेत्रमा अमेरिकी नौसेनाको पानी जहाज दुर्घटना हुँदा २३ जना गम्भिर घाइते हुनुका साथै सात सैनिक बेपत्ता भएका छन् ।

फिलिपिन्सको मालबाहक पानी जहाँजमा ठोक्किँदा भएको दुर्घटनामा घाइते तथा बेपत्ता सबै अमेरिकी नौसैनिक रहेको र घाइते एकजना अमेरिकी सैन्य कमाण्डर रहेको समेत बताइएको छ ।

जापान टाइम्सले उल्लेख गरे अनुसार योकोसुकाको दक्षिण–पश्चिमी तटीय क्षेत्रबाट एक सय तीन किलोमिटर पर प्रशान्त महासागरमा भएको दुर्घटनामा परि बेपत्ता भएका नौसेनाको खोजि भइरहेको र हालसम्म भेट्टाउन सकिएको छैन । घाइते मध्ये ३ जना र बेपत्ता सातै जना अमेरिकी नौसैनिक रहेका छन् ।

दुर्घटनाबाट अमेरिकी नौसेनाको पानी जहाजको दायाँ भागमा ठूलो क्षति पुगेको र जापानी समुन्द्री सुरक्षा कोष्ट गार्डका जवानहरुले उद्दार गरेको बताइएको छ ।

बिहान करिव २ :३० बजेको समयमा भएको सो दुर्घटनाबाट फिलिपिनी पानी जहाँजमा पनी क्षति पुगेको तर ठूलो मानवीय क्षति भने नभएको समाचारमा जनाइएको छ । यद्यपी सो जहाँजमा रहेका सबै २० जना घाईते भएको समाचारमा उल्लेख छ ।

केही स्थानमा समुन्द्री छालको समेत सामना गरेर अघि बढीरहेको अमेरिकी नौसेनाको युद्धमा प्रयोग हुने सो पानी जहाँजमा ईन्धन अभाव रहेको र दुर्घटना कसरी भएको भन्ने यकिन हुन नसकेको भन्दै जापानमा रहेका अमेरीकी सेनाका अधिकारीहरुले विरलै हुने मध्येको यो मानविक त्रुटिको एक घटना भएको र सुनियोजित घटना नदेखिएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web