काठमाडौं ।

केन्द्रीय तथ्याङ्क विभागले भूकम्प अति प्रभावित १४ र प्रभावित १७ गरी ३१ जिल्लामा भूकम्पबाट भएको क्षतिको पूर्ण तथ्याङ्क सार्वजनिक गरेको छ ।

विभागको कार्यालय थापाथलीमा आज भूकम्प प्रभावित अवास पुनःनिर्माण लगत संकलन कार्यक्रमको संक्षिप्त प्रतिवेदन तथा माइक्रोडाटा सार्वजनिक गर्दै विभागले ३१ जिल्लाका सात लाख ९२ हजार ९८७ घरमा गम्भिर क्षती भएको जनाएको छ ।

तथ्याङ्क अनुसार दुई लाख ५९ हजार ९४९ घरमा आंशिक क्षती भएको छ । विभागले १० लाख ५२ हजार ९ सय ४८ घरहरुको क्षतीको विवरण घरको प्रकार, स्वामित्व, उचाई क्षेत्रफल, जग्गाको भिरालोपना लगायतका विवरण संकलन गरेको जनाएको छ ।

विभागले भूकम्पबाट अति प्रभावित १४ जिल्लामा छ लाख ८९ हजार ५०९ निजी घर र १७ जिल्लाका एक लाख तीन हजार ४७८ निजी घर गम्भिर रुपमा क्षती भएको जनाएको छ ।

तथ्याङ्क अनुसार अतिप्रभाबित १४ जिल्ला मध्ये सिन्धुपाल्चोकमा ९६.१ प्रतिशत, रसुवामा ९४.४, नुवाकोट ९२.३ प्रतिशत र दोलखामा ९२.१ प्रतिशत घर क्षति भएको र सवैभन्दा कम घर क्षती भएका जिल्ला मकवानपुर ३८.५ प्रतिशत, संखुवासभा ४०.४, पाल्पा ४६.४, चितवन ४८.७ र पर्वत ४९.६ प्रतिशत रहेको छ ।

गम्भिर रुपमा क्षती भएका घरहरु मध्ये माटो र ढुङ्गाले बनेका ८४.५ प्रतिशत र सिमेन्ट र इट्टा ढुङ्गाले बनेका ५.४ प्रतिशत र सिमेन्ट, रड, इट्टा ढुङ्गा पिलर सिस्टमका ४.१ र बास र काठले बनेको ५.८ प्रतिशत रहेको तथ्याङ्कले देखाएको छ ।

तथ्याङ्क सार्वजनिक गर्दै केन्द्रिय तथ्याङ्क विभागका महानिर्देशक सुमनराज अर्यालले भूकम्प प्रभावित जिल्लाको समग्र तथ्यांक सार्वजनिक पछि नयाँ संरचना निर्माण गर्न सहज हुने बताउनु भयो ।

महानिर्देशक अर्यालले संघीय संरचना अनुसार स्थानीय तहको कार्यान्वयनमा सहजता ल्याउन पनि यो तथ्याङक निक्कै प्रभावकारी हुने बताउनु भयो ।

18.16¡ÆC