जनानी भन्ने शब्दको गुनासोप्रति आयोगको ध्यानाकर्षण

जेष्ठ २८, २०७४ मा प्रकाशित | 745 views

काठमाडौं ।

निर्वाचन आयोगले नेपालको संविधानले नेपालमा बोलिने सबै मातृभाषालाई राष्ट्रभाषा मानेको र सबै भाषिक समुदायप्रति सम्मान व्यक्त गर्दै आयोग सबै भाषाप्रति संवेदनशील रहेको जनाएको छ ।

स्थानीय तह निर्वाचनका लागि मैथिली भाषामा  तयार गरिएको मतदाता शिक्षा सामग्रीमा प्रयोग गरिएको ‘जनानी’ भन्ने शब्दले मैथिली समुदायका महिलाको अपमान भएको भन्ने गुनासोप्रति  आयोगको  ध्यानाकर्षण भएको जनाएको छ ।

सम्बन्धित समुदायका मतदातालाई आफ्नै मातृभाषामा मतदाता शिक्षा दिने असल मनसायका साथ  विभिन्न राष्ट्रभाषामा मतदाता शिक्षा सामग्री उत्पादन, प्रकाशन र प्रसारण गरेको  आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सबै राष्ट्रभाषाप्रति उच्च सम्मान र आदर प्रकट गर्दै असल उद्देश्य र मनसायका साथ मतदाता शिक्षामा लिएको बहुभाषिक प्रकाशन÷प्रसारणलाई सकारात्मकरूपमा ग्रहण गर्न सबै पक्षसँग आयोगले अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web