चुनाव चिन्ह भएका टिसर्ट, टोपी झोला आदि सामग्री वितरण नगर्न आयोगको निर्देशन

जेष्ठ २७, २०७४ मा प्रकाशित | 732 views

काठमाडौं ।

निर्वाचन आयोगले असार १४ गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी निर्वाचन चिन्ह अंकित टि–सर्ट, टोपी, झोलालगायतका सामान वितरण नगर्न राजनीतिक दल तथा उम्मेदवारलाई निर्देशन दिएको छ ।

निर्वाचन आयुक्त  सुधीरकुमार शाहको अध्यक्षतामा बसेको निर्वाचन आचार संहिता समितिको बैठकले टि–सर्ट, टोपी, झोला लगायतका सामान वितरण कार्य निर्वाचन आचार संहिताविपरीत हुने भएकाले राजनीतिक दल तथा उम्मेदवारलाई त्यस्ता कार्य नगर्न / नगराउन  निर्देशन दिने निर्णय भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

सम्बन्धित जिल्लाका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी तथा आचार संहिता अनुगमन गर्ने अधिकारीहरूलाई अनुगमन गरी आचार संहिता विपरीतका कार्य रोक्न आयोगले निर्देशन पनि दिएको छ ।

अभिमुखीकरण कार्यक्रम सम्पन्न

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको आयोजनामा स्थानीय तह सञ्चालन तथा व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रम काभ्रेपलाञ्चोकको धुलिखेलमा आज सम्पन्न भएको छ ।

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको सहयोगमा तीन दिनसम्म चलेको अभिमुखीकरण कार्यक्रममा ३, ४ र ६ नं प्रदेशका महानगर, उपमहानगर र नगरपालिकाका प्रमुख एवम् उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष एवम् उपाध्यक्षको सहभागिता थियो ।

अभिमुखीकरणको समापनमा प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले छलफलबाट निस्किएका निष्कर्षको कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो ।

अभिमुखीकरणमा जनप्रतिनिधिहरुको काम, कर्तव्य, अधिकार, व्यवस्था, आर्थिक क्रियाकलाप र त्यसको सञ्चालन, पारदर्शिता, जवाफदेहिता लगायतका विषयमा छलफल भएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web