बाल स्वास्थ्यसम्बन्धी अन्तराष्ट्रिय सम्मेलन सम्पन्न

जेष्ठ २६, २०७४ मा प्रकाशित | 980 views

Default News Image

ललितपुर ।

आमाको दूध खाने (दुई वर्षसम्मका) बालबालिकाको मानसिक स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने निष्कर्ष निकाल्दै बाल स्वास्थ्य र विकाससम्बन्धी दुईदिने अन्तराष्ट्रिय सम्मेलन आज सम्पन्न भएको छ ।

‘भोकविरुद्ध सङ्घर्ष’ नामक संस्थाको आयोजनामा भएको सम्मेलनमा सहभागी राष्ट्रिय तथा अन्तराष्ट्रिय बाल विशेषज्ञ/अनुसन्धानकर्ताले फरक–फरक देशका अनुभव आदानप्रदानले सिकाइ निकै महत्वपूर्ण भएको बताउनुभयो ।

बाल स्वास्थ्य र विकासका क्षेत्रमा विश्वमै देखिएका समस्या समाधान गर्ने उद्देश्यले आयोजना गरिएको सम्मेलनमा राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय बालविकास र मानसिक स्वास्थ्यका विषयमा विज्ञहरूद्वारा १५ वटा कार्यपत्र प्रस्तुत गरिएको थियो ।

सम्मेलनमा नेपाल, भारत, अमेरिका, बङ्गलादेश, बेलायत, दक्षिण अफ्रिकालगायतका देशका बाल अनुसन्धानकर्ताहरु पोषणको अभावमा बालबालिकाले जोखिमपूर्ण जीवनयापन गर्नु परेको अवस्था विश्वमै देखिएकाले त्यसलाई न्यूनीकरण गर्दै लैजान सबै राष्ट्रले विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने कुरामा सहमत भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web