टोकियो ।

लगातार नयाँ क्षमताका क्षेप्यास्त्र र युद्धसामग्रीको परिक्षण गरिरहेको उत्तर कोरियाले हिजो चार नयाँ क्रुज क्षेप्यास्त्रको सफल परिक्षण गरेको छ ।

उत्तरकोरियाली सरकारी मीडियाले बताए अनुसार यस्ता क्षेप्यास्त्र र क्रुज मिसाइलको परिक्षण देशका नेता किम जोगं उनको प्रत्यक्ष रेखदेख र उपस्थितिमा भएको थियो ।

परिक्षण गरिएको क्रुज मिसाइल जमिनदेखी जमिनमा तथा हावामा युद्ध बिमानमा प्रहार देखी समुन्द्रमा युद्ध जहाँजमाथि समेत प्रहार गर्न सक्षम भएको बताइएको छ ।

दक्षिण कोरियाली सेनालाई उदृत गर्दै जापानी समाचार संस्था एनएचकेले उल्लेख गरेअनुसार बिहिबार जमिनबाट समुन्द्रका युद्धपनडुब्बीमा मारहान्नसक्ने क्षेप्यास्त्रको सफल परिक्षण गरेको हो ।

उत्तर कोरियाले हिजो यस्ता चार रकेट पनडुब्बीमा मार हानेर सफल परिक्षण गरेको बताइएको छ ।

उत्तर कोरियाले देशको पुर्वी भाग स्थित वोन्सान नजिकबाट जमीनबाट जहाँजमा मारहान्न सक्ने क्षमताको क्रुज मिसाइल परिक्षण गरेको हो ।

बिहान करिव ६ बजेर १८ मिनेटमा यस्तो मिसाइल परिक्षण थालेको बताइएको छ । यस्तो क्रुज मिसाइल क्षेप्यास्त्रको परिक्षण केही घण्टासम्म चलेको र ति  प्रहार कतिपय जापानी जलक्षेत्रमा खसेको थियो ।

उत्तर कोरियाले परिक्षण प्रहार गरेको त्यो मिसाइल भने जापानी सागर क्षेत्रमा खसेको र मिसाइलले २ सय किलोमिटर पार गरेर समुन्द्रमा खसेको बताइन्छ ।

मिसाइल अपेक्षा गरेभन्दा कम करिव २ किलोमिटर माथिको उचाइबाट उडेको समेत बताइएको छ ।

उत्तर कोरियाले आफ्नो यो क्रुज मिसाइल परिक्षण कोरियन प्रायद्धिपमा अमेरिकाले राखेको उसका युद्ध पनडुब्बीमा मार हान्न आफु सक्षम रहेको र त्यसलाई ध्वस्त बनाउन सक्ने तागत छ भन्ने देखाउने खालको भएको दक्षिण कोरियाली सुरक्षाअधिकारीहरुले बताएका छन् ।

12.12¡ÆC