काठमाडौं ।

जापानमा रहेका नेपालीहरुका समस्याका विविध पक्षका बारेमा विज्ञ सहितको सहभागीतामा गैर आवासिय नेपाली संघ जापानको कान्तो क्षेत्रिय समितिले अन्र्तक्रिया कार्यक्रम गर्ने भएको छ ।

नेपाली विद्यार्थीहरूको लागि अवसर र चुनौती विषयमा जुन २५ तारिक आईतबारका दिन कार्यक्रम हुन लागेको एनआएन जापान उपाध्यक्ष टासी लामाले जानकारी दिनुभयो ।

कार्यक्रम टोकियोस्थित सिनओकुवोमा रहेको सोलमारी रेष्टुरेन्टमा अपरान्ह २ बजेबाट सुरु हुने भएको छ ।

कार्यक्रममा जापानमा नेपाली विद्यार्थीहरूले भोग्नुपरेका समस्या, समाधानका उपाय, अवसर र चुनौतिहरूका विषयमा सहभागीहरुका धारणापछि विषयविज्ञहरुले सुझाव सहितको धारणा राख्नेछन् ।

जापानिज भाषा अध्ययन, अध्ययनपछि कामको खोजि, भाषागत कठिनाई, रोजगारीका क्षेत्रमा चुनौति सहितका विषयमा छलफल हुने कार्यक्रममा नेपाली विद्यार्थीहरुले भोग्नु परेका मानसिक तनाव र यसबाट बच्ने उपायका विषयमा समेत छलफल गरिने भएको छ ।

कार्यक्रममा विषयगतप्रस्तुति र अन्तरक्रियामा सहभागी विषय विज्ञहरुसँग विद्यार्थीहरुले आफ्ना समस्या राख्नुका साथै समाधानका उपाय र सुझाव तथा आवश्यक सहयोग पाउनेछन् ।

कार्यक्रममा सहभागीता तथा विस्तृत जानकारीको लागि तल उल्लेखित मोबाइल नम्वरमा सम्पर्क गरि थप बुझ्न सकिने आयोजकले जनाएको छ ।

मिती – २०१७-०६-२५ (यही (जुन) महीनाको २५ तारीक)

स्थान – सिनवोकुबो स्थित सोलमारी मुरा हल समय – ठिक दिउसो २ बजे बाट

सम्पर्क : टासी लामा :- 080-3178-2782

जनक बिक्रम शाही :- 090-5785-6302

प्रकाश थापा :- 090-9381-4014

नबिन निउरे :- 080-4145-9955

13.12¡ÆC