काठमाडौं ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको नेतृत्वमा संयुक्त बजार अनुगमन टोलीले काठमाडौँको विभिन्न औषधि पसल तथा अस्पतालको अनुगमन गरी गैरकानुनी रुपमा सञ्चालित फार्मेसीलाई कानुनी कारबाही गरेको छ ।

विभागको अनुगमन टोलीका संयोजक श्रीप्रसाद अधिकारीको नेतृत्वमा रहेको उपभोक्ता मञ्च, जनस्वास्थ्य कार्यालय, सुरक्षाकर्मी, औषधि व्यवस्था विभागका प्रतिनिधि तथा सञ्चारकर्मी सम्मिलित सो टोलीले मध्यबानेश्वरमा रहेको भेनस हस्पिटल प्रालिको प्राङ्गणमा रहेको भेनस फार्मेसीको सञ्चालनमा रोक लगाउनाका साथै सिलबन्दी गरेको छ ।

प्रदीप पोखरेल सञ्चालक रहेको भरोसा अस्पताल, सुभास भण्डारी सञ्चालक रहेको पूर्वेली फार्मेसी, सुमन सापकोटा सञ्चालक रहेको राजश्री मेडिकल हल, भरोसा डेन्टल क्लिनिक, गङ्गा हर्ट क्लिनिक प्रालि, क्युटिस प्रालि, श्रीस फार्मेसी र इलाइट फर्मा गरी कुल आठवटा फार्मेसी तथा अस्पतालको अनुगमनका क्रममा व्यवसयीले ग्राहकलाई दिइने बिल ऐन तथा नियमले निर्धा्रित अनुसार नराखेको, चिकित्सकको स्वीकृतिमा मात्र बिक्री गर्नुपर्ने लागु औषधसम्बन्धी औषधिको दर्ता व्यवस्थित तरिकाले नराखेको पाइएकाले व्यवस्थित रुपमा राख्न निर्देशन दिइएको छ ।

15.36¡ÆC