रामेछाप ओख्रेनी बस दुर्घटनामा पाँच जनाको मृत्यु

जेष्ठ १४, २०७३ मा प्रकाशित | 1127 views

१४ जेठ, मन्थली ।
रामेछापको पुरानो सदरमुकाम रामेछापडाँडादेखि हिमगङ्गा गाविसतर्फ जाँदै गरेको बिपी यातायातको ना१ज ४१६१ नंको टाटासुमो गाडी हिजो रामेछाप नगरपालिका–१ ओख्रेनीमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।

मृतकको सनाखत हुन नसकेको प्रहरी निरीक्षक मख्खन यादवले घटनास्थलबाट जानकारी दिनुभयो । सो टाटासुमो सडकबाट ३०० मि तल खसेको थियो ।

घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल रामेछाप पु¥याइएको छ । शव घटनास्थलमै रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web