सेना बिखण्डनकारीको तमासा हेरेर मौन बस्दैनः प्रधानसेनापति

जेष्ठ १९, २०७४ मा प्रकाशित | 1157 views

पोखरा ।

प्रधानसेनापति राजेन्द्र क्षत्रीले नेपाली सेना बिखण्डनकारी तत्वहरुको तमासा हेरेर मौन नबस्ने बताउनुभएको छ ।

प्रधानसेनापति क्षत्रीले नेपाली सेनालाई संविधानले दिएको अधिकार प्रयोग गरी बिखण्डनकारीहरुलाई परास्त गर्ने भन्दै मुलुकमा सामाजिक सद्भाव खल्बलाउने दुस्प्रयास भइरहेको धारणा राख्नुभयो ।

पोखराको फुलबारी ब्यारेकमा आयोजित भूपूसैनिक सम्मेलनलाई सम्बोधन गर्दै सेनापति क्षत्रीले राजनीतिक बहानामा बिखण्डनकारीहरुले सामाजिक सदभाव खल्बल्याउने दुस्प्रयास गरिरहेको बताए ।

मुलकभित्र बसोबास गर्ने अनि बिखण्डनकारी भूमिका खेल्दै सामाजिक सद्भाव खल्बल्याउने दुसप्रयास गर्नेलाई नेपालको संविधानको अधिनमा रही परास्त गर्न नेपाली सेना तयार रहेको प्रधानसेनापतीको भनाई छ ।

प्रधानसेनापति क्षत्रीले पहिलो चरणको स्थानीय चुनाव सम्पन्न गन नेपाली सेनाको ठूलो भूमिका खेलेको र दोश्रो चरणमा सेनाले आफ्नो तर्फबाट निभाउनुपर्ने भूमिका निभाउने बताउनुभयो ।

कार्यक्रममा अवकास प्राप्त विभिन्न सैनिकहरुलाई सम्मान तथा सैनिक कल्याणकारी कोषबाट सञ्चालित विभिन्न कर्जाहरु समेत प्रदान गरिएको थियो ।

नेपाली सेना भू.पू. सैनिक सम्मेलन (पश्चिमाञ्चल–पोखरा)–२०७४ सम्पन्न

१. मिति २०७४ जेठ १७ गते रामनगर ब्यारेक बुटवलबाट सुरु भएको भूतपूर्व सैनिक सम्मेलन (पश्चिमाञ्चल)—२०७४ आज मिति २०७४ जेठ १९ गते कास्की जिल्लाको पोखरास्थित फुलबारी व्यारेकमा प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीको प्रमुख आतिथ्यमा एक विशेष समारोहका बीच सम्पन्न भएको छ ।

२. नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा सञ्चालन भएको उक्त सम्मेलनमा बुटवल केन्द्रमा करिब २५ सय जना, तनहुंको खैरेनीटार केन्द्रमा करिब ५ हजार र पोखरा केन्द्रमा करिब २ हजार भूतपूर्व सैनिक तथा पारिवारिक निवृत्तीभरणमा रहेका महिलाहरुको सहभागिता रहेको थियो । त्यसैगरि, उक्त सम्मेलनको क्रममा मिति २०७४ जेठ १२ गतेबाट ऐ. १८ गतेसम्म पोखरामा सञ्चालन गरिएको मुख्य स्वास्थ्य शिविर तथा बुटवल र खैरेनीटारमा सन्चालन गरिएको दुइ दिने सहायक स्वास्थ्य शिविरमा गरी करिव ४२ सय जनाको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधी समेत वितरण गरिएको थियो ।

३. सम्मेलनको दौरान नेपाली सेना कल्याणकारी बोर्ड र नेपाल ईन्भेष्टमेण्ट बैंकको सहकार्यमा सञ्चालित लघुवित्त कार्यक्रमका ४५ जना ऋणीहरुलाई चेक हस्तान्तरण तथा तीनै केन्द्रका सर्वाेत्कृष्ट व्यवसायीहरुलाई पं्रशसा पत्र एवम् पुरस्कार वितरण भएको थियो भने तीन वटै केन्द्रका गरी कूल ३० जना भिन्न शारिरीक क्षमता भएका भूतपूर्व सैनिक तथा आश्रित परिवारजनहरुलाई व्हिल चियर वितरण गरिएको थियो । यसैगरि, ३ वटै केन्द्रहरुमा सम्बन्धित केन्द्रमा सहभागीमध्येहरुबाट ज्येष्ठ भूतपूर्व सैनिक एवं निवृत्तिभरणमा रहनुभएकी महिलाहरुलाई अभिनन्दनसमेत गरिएको थियो ।

४. प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले सम्मेलनलाई सम्बोधन गर्नु हुँदै नेपालको संविधान र सरकारले निर्दिष्ट गरेका जिम्मेवारीहरु पुरा गरेर, पुर्खाले रचेको गौरवमय इतिहासलाई जिवन्त राख्न नेपाली सेनाले कुनै कसर बाँकी नराख्ने बताउनुभयो । भूतपूर्व सैनिकहरुले राष्ट्र सेवामा रहँदा अनुशासित पहरेदार र कर्मठ सिपाही भएर निभाएको भुमिकाले नै आज नेपाली सेना सुदृढ र सक्षम संगठनको रुपमा स्थापित भएको बताउनु हुंदै उहांले मातृभूमि रक्षाको खातिर अवकाशप्राप्त सैनिकहरुले दिएको योगदान र समर्पण इतिहासका पानाहरुमा सुनौलो अक्षरले लेखिएको उल्लेख गर्नुभयो । सेनाको कल्याणकारी कार्यक्रमहरु अवकाश प्राप्त सैनिकहरु र हिताधिकारीहरुको सर्वाेपरी हितका लागि केन्द्रित गरिएको बताउनुहंदै प्रधान सेनापति श्री क्षत्रीले शिक्षा, स्वास्थ्य र स्वरोजगारका क्षेत्रमा समयानूकुल परिवर्तन र अन्य कल्याणकारी कार्यक्रमहरु सञ्चालन गर्ने पहलकदमी लिइंदै आएको बताउनुभयो ।

५. पश्चिमान्चल भू.पू. सैनिक सम्मेलन २०७४ मा कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत रथी श्री चित्र बहादुर गुरुङ्ग (अ.प्रा.) ले स्वागत मन्तव्य दिनु भएको थियो भने अञ्चल रथीवृन्द प्रतिनिधिहरुले भूतपूर्व सैनिकहरुको तर्फबाट धन्यवाद मन्तव्य राख्नु भएको थियो । त्यसैगरि, बुटवल र खैरेनीटार केन्द्रको सम्मेलनमा बलाधिकृत रथी श्री बलदेव राज महतले तथा पोखरा केन्द्रको सम्मेलनमा बलाध्यक्ष रथी श्री पूर्णचन्द्र थापाले समापन मन्तव्य राख्नुभएको थियो । समापन मन्तव्यका क्रममा उहांहरुले भूपु सैनिकहरुको हित र सुखी जीवनका लागि नेपाली सेना क्रियाशील रहदैं आएको तथा सोही उदेश्यअनुरुप सन्चालित लघुवित्त कार्यक्रम सहित अन्य कल्याणकारी कर्यहरु भई रहेको बताउनुभयो । कार्यक्रम पश्चात् प्रधान सेनापति श्री क्षत्रीले सम्मेलनमा सहभागीहरुसँग भेटघाट गर्नुका साथै जिल्ला तथा क्षेत्रका फोकल ब्यक्तिहरुसंग समेत छलफल र अन्तरक्रिया गर्नुभएको थियो ।

६. उक्त सम्मेलनमा पश्चिमाञ्चल क्षेत्रका क्षेत्रीय प्रशासक, नेपाली सेनाका वहालवाला तथा अवकास प्राप्त रथीवृन्द, रक्षा मन्त्रालयका सह सचिव, प्रमुख जिल्ला अधिकारी, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, नेपाल ईन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत, कल्याणकारी बोर्डका पदाधिकारीहरु, सञ्चारकर्मीलगायत नेपाली सेनाको बहालवाला एवं अवकाश प्राप्त सैनिक तथा परिवारजनहरुको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web