रामशरण महत देखी देउवा र लोकमानसिंह समेतलाई रिझाउन सफल शर्मालाई अख्तियारले समात्यो

जेष्ठ १९, २०७४ मा प्रकाशित | 1286 views

रामशरण महत देखी देउवा र लोकमानसिंह समेतलाई रिझाउन सफल शर्मालाई अख्तियारले समात्यो

काठमाडौं ।

राजनैतिक पहुँच र आर्थिक लाभमा माहिर मानिएका आन्तरिक राजश्व विभागका विवादास्पद महानिर्देशक चुडामणि शर्मालाई अख्तियारले पक्राउ गरेको छ ।

२३ करोड रुपैयाँ किताब बेचेरै कमाएको जस्ता अपत्यारिलो कमाई देखाएर करोडौंको सम्पत्ती थुपारेका शर्मालाई कर निर्धारणका विषयमा सोधपुछ गर्ने क्रममा अख्तियारले हिरासतमा लिएको हो ।

आयोगले शर्मालाई हिरासतमा राखेको र अनुसन्धानपछि मात्रै सबै विवरण सार्वजनिक गर्ने जनाएको छ ।

कर फछ्र्यौट आयोगमार्फत विभिन्न व्यापारीलाई कर छुट दिएको भन्दै शर्माविरुद्ध आयोगमा दर्जनौ उजुरी परेको थियो ।

अर्थमन्त्री रहँदा रामशरण महतका दाहिना मानिने शर्मा र महतकै पहलमा एनसेल कम्पनी टेलिसियरालियोनलाई अर्बौं कर उन्मुक्ती दिएर अर्ब बढी रकम हिना मिना गरेको आरोप शर्मा सहित शिर्ष दलका नेतृत्वमाथि लाग्दै आएको छ ।

यसैगरि तत्कालिन विवादास्पद अख्तियार प्रमुख लोकमानसिंह कार्कीसँग मिलेर ठूला व्यापारि र घरानियालाई करको दायरामा समात्ने डर देखाएर करोडौं रुपैयाँ सेटिगं मिलाएर लिएको शर्मा र कार्कीमाथि त्यतिबेला समेत आरोप लागेको थियो ।

बुढानिलकण्ठमा शेरबहादुर देउवाको घर नजिक १० करोड बढीको घर सालिको नाममा निर्माण गर्दै गरेका शर्माको २५ रोपनी क्षेत्रमा ५ वटा ढोका पार गरेर छिर्नुपर्ने महल छ भने उनले श्रीमतीको लागि समेत ५० लाख बढी रुपैयाँपर्ने बिलासी गाडी किनिदिएका छन् ।

काठमाडौं प्रमुख जिल्ला अधिकारी रहँदा समेत आपारिधक समुहसँग मिलेर आर्थिक हिनामिना र अपराधिलाई उन्मुक्ति दिएको आरोप खेपेका शर्माकै निर्देशनमा तत्कालिन राजश्व विभागका कर्मचारी सम्भु चालिसे मार्फत एक सेवाग्राहिबाट १० लाख असुल्दै गर्दा अख्तियारले पक्राउ गरेपनि चालिसेले जागिरबाट हात धुनुपरेपनि शर्मा भने राजनीतिक पहुँच र अख्तियार प्रमुख लोकमानसिंह कार्कीले बचाउ गरेका थिए । चालिसे काठमाडौंको प्रमुख जिल्ला निर्वाचन अधिकारी हुँदा शर्मा प्रमुख जिल्ला अधिकारी थिए यहीँबाट शर्माले चालिसेलाई राजश्व विभागमा लगेका थिए ।

दर्जनौं अरबौं घोटालामा संलग्न ठानिएका आरोपी शर्मालाई अख्तियारले पक्राउ गरेपछि उनिसँगै राजनीतिक नेतृत्वपनि मुछिने देखिन्छ । तर आलोचकहरुकै भनाई अनुसार हेर्ने हो भने शर्मालाई उन्मुक्ति दिएर महत, देउवासँगै अकुत सम्पत्ती थुपारेका शिर्ष नेतृत्वलाई समेत उन्मुक्ति दिन यो चाल चलेको हुनसक्ने ठाउँपनि देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web