टोकियो ।

जापानले जिपिएस सँगै भौगोलिक स्थानको सहि तथ्यांक दिने उच्च क्षमताको अन्तरिक्ष यानको सफल परिक्षण गरेको छ ।

बिहिबार प्रक्षेपण गरिएको स्याटेलाइट प्रणालीले भौगोलिक तथ्यांकहरुको सहि डाटा उपलब्ध गराउनुका साथै स्वचालित कार तथा ड्रोनबाट आपुर्ति गर्दा सहि तथ्यांक उपलब्ध गराउने बताइएको छ ।

जापान एयरस्पेस एजेन्सी र मित्सुबिसि कम्पनीले संयुक्त रुपमा एएच–आइएलए नामक रकेट बिहिबार बिहान ९ बजेर १७ मिनेटमा प्रक्षेपण गरिएको जापानी समाचार संस्था क्योदोले जनाएको छ ।

प्रक्षेपण गरिएको २८ मिनेटमा स्याटलाईट अर्बिट स्टेशनमा पुगेको र सम्पर्क स्थापीत गरेको समेत जापान एयरस्पेस एजेन्सीले जानकारी गराएको छ ।

प्रक्षेपण गरिएको स्याटलाईटले हाल अमेरिकी स्याटलाईटले उपलब्ध गराउँदै आएको जस्तै जिपिएस डाटा र भौगोलिक तथ्यांकहरु उपलब्ध गराउने बताइएको छ ।

हाल प्रक्षेपण गरिएको स्याटलाईटबाट स्मार्ट फोनहरुमा हाल कुनै स्थान पत्ता लगाउन हेर्ने गरिएको जिपिएस सुचना जस्तै गरि सम्पूर्ण क्षमताको तथ्यांक उपलब्ध गराउने छ । यद्यपी हाल जापानले प्रयोग गरिररहेको यस्तो सेवा भने अमेरिकी जिपिएस स्याटेलाईट नेटवर्कबाट लिएको सेवा हो ।

जापानले अमेरिकामा निर्भर रहँदै आएको अन्तरिक्ष प्रणाली तथा सुचना प्रणालीमा आत्म निर्भर रहने योजना अनुसार यो अन्तरिक्ष यान प्रक्षेपण गरेको जनाएको छ ।

यो अन्तरिक्षयानबाट तत्कालको लागि जापान सहित एसियन क्षेत्रको गुणस्तरिय तथ्यांक तिब्रगतिमा उपलब्ध गराउने ठानिएको छ ।

सन् २०२२ बाट ड्रोन सेवा मार्फत घरघरमा सामान ढुवानीको सेवा थाल्ने बताएको जापानी कम्पनीहरुको लागि सहि तथ्यांक यो स्याटेलाईटले उपलब्ध गराउने बताइन्छ । यसैगरि जापानमा परिक्षणमा रहेका स्वचालित कार तथा सार्वजनिक बसहरुलाई समेत उपयुक्त सहि नक्सा दिएर यो स्याटेलाईटले कामगर्न सहयोग गर्ने ठानिएको छ ।

बिहिबार प्रक्षेपण गरिएको स्याटेलाइट ले जस्तै सूचना उपलब्ध गराउने खालको स्याटेलाइट जापानले यसअघि सन् २०१० मा प्रक्षेपण गरेको थियो ।

जापान सरकारले अर्को यस्तै उच्च क्षमताको स्याटेलाईट सन् २०१८ अप्रिल १ मा प्रक्षेपण गर्ने लक्ष्य राखेको छ ।

हाल चीन, रसिया, युरोपीयन युनियन सहित भारतले यस्तै खालको आफ्नै भौगोलिक तथ्यांक उपलब्ध गराउने स्याटेलाईट पक्षेपणको बिकास प्रयास गरिररहेका छन् । अहिले अमेरिकी प्रतिरक्षा बिभाग सहित सेना र सुरक्षा निकाय मातहत रहेको जिपिएस सिस्टम विश्वभर प्रयोगमा रहेको छ ।

एक देशको नियन्त्रणमा रहेको जिपिएस सिस्टमलाई प्रयोगमा ल्याउनु राष्टिय स्वार्थ तथा सुरक्षाको हिसाबले संवेदनशिल रहेको जापानी वैज्ञानिकहरुले टिप्पणी गर्दै आएका थिए । उनिहरुले अमेरिकी सुरक्षा निकाय नियन्त्रीत अन्तरिक्ष सूचना प्रणालीको एकाधिकार तोडिन लागेको भन्दै यसमा जापान सफल र आत्मनिर्भर उन्मुख भएको बताएका छन् ।

14.12¡ÆC