९० वटा मतपत्र च्यात्ने माओवादी कार्यकर्ता धरौटीमा छुटे, मतगणना अन्यौलमा

जेष्ठ १८, २०७४ मा प्रकाशित | 1039 views

चितवन ।

चितवनको भरतपुर महानगरपालिकाको ९० वटा मतपत्र गन्न नमिल्ने गरी च्यातिएको पाईएको मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनले जनाएको छ ।

निर्वाचन आयोगको निर्देशनमा आज राजनैतिक दल, उम्मेदवार,  प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी र सुरक्षानिकायका प्रमुखहरुको रोहवरमा शिल गरी राखिएको च्यातिएको मतपत्र गन्दा ९० मतपत्र गन्न नमिल्ने गरी च्यातिएको पाईएको मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

निर्वाचन आयोगलाइ आज यस सम्बन्धी प्रतिवेदन पठाइने जानकारी दिँदै उहाँले भरतपुर महानगरपालिका वडा नं. १९ मा कूल २ हजार ८ सय ९७ मत खसेकोमा १ हजार ८ सय ९ मत गणना भईसकेको, ९ सय ९८ मत गन्न मिल्ने अवस्थामा रहेको र बाँकी ९० मत पूर्ण रुपमा नोक्सान भएको बताउनुभयो ।

मतगणना जारी रहेको बेला गत आईतबार मतपत्र च्यातिएपछि सिल गरेर राखिएको मतगणना केन्द्र खोलेर च्यातिएका मतपत्रको गणना गरिएको हो ।

यसैबीच मतपत्र च्यातेको अभियोगमा पक्राउ परेका माओवादी केन्द्रका दुई जना प्रतिनिधिलाई आज जिल्ला अदालत चितवनले जनही एक लाख रुपैयाँ धरौटीमा रिहा गरेको छ ।

च्यातिएको मतपत्रको बिषयमा कुनै निर्णय नभइसक्दा र मतगणना सुरु नहुँदै सत्ता नेतृत्व गरिरहेको माओवादी केन्द्रका दुई कार्यकर्ता धरौटि तिरे छुटेका हुन् ।

नागरिकले दिएको मतपत्र च्यात्ने कार्यकर्ता छुट्दा माओवादी केन्द्रका जिल्ला तहका नेता कार्यकर्ताले भने खादा ओडाएर स्वागत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web