महाविर पुन जापान आउँदै, आविष्कार केन्द्र सहयोगार्थ विशेष सांगीतिक कार्यक्रम

जेष्ठ १८, २०७४ मा प्रकाशित | 1484 views

टोकियो ।

आफुले पाएको सम्मान र पदवीहरु बेचेर भएपनि नेपालमै बैज्ञानिक उत्पादन तथा विज्ञान र प्रविधि विकासको लागि राष्ट्रिय आविष्कार केन्द्र स्थापनामा जुटेका अभियन्ता महाबिर पुनको अभियानमा सघाउन जापानमा सांगीतिक कार्यक्रम हुने भएको छ ।

आफुले गरेको कामको सम्मानमा दक्षिण एसियाकै उत्कृष्ठ मानिने म्यागासेसे पुरस्कार सहित दर्जन बढी पुरस्कार र पदब बेचेर भनेपनि राष्ट्रिय आविष्कार केन्द्र स्थापनामा जुटेका पुनको अभियानमा सहयोग गर्न जुलाई महिनाको पहिलो हप्ता जापानका तीन सहर टोकियो, ओसाका र नागोयामा सांगीतिक कार्यक्रम हुने भएको हो ।

नेपालका दुर्गम गाउँहरुमा इन्टरनेट तथा विद्युत् र सञ्चारको विकासमा निरन्तर काम गर्दै आइरहनुभएका पुनले मुलुक सफल हुन प्रविधिको विकाश आवश्यक रहेको बताउँदै आएका छन् ।

आविस्कार केन्द्र स्थापना घोषणा गरेको ६ महिनामै सुभेच्छुक र समर्थकहरुबाट स्वस्फुर्त रुपमा २ करोड बडी आर्थिक सहयोग पाएका पुनले बाँकी ४८ करोड रुपैयाँ जुटाउन सक्रिय भएर देश बिदेशमा रहेका नेपालीहरुलाई अपिल सहित जुटेका हुन् ।

आयोजकका अनुसार जापानमा हुने सांगीतिक कार्यक्रममा नेपालका ख्याती प्राप्त कलाकारसंगै महाविर पुन पनि सँगै उपस्थित हुने भएका छन् ।

पुनले गत साउनदेखि सुरु गरेको ‘महादान अभियान’ अन्तर्गत ५० करोड संकलन गरेर संकलित रकम जलविद्युत्मा लगानी गर्ने र सो लगानीबाट आउने सबै आम्दानी राष्ट्रिय आविष्कार केन्द्रको विकासमा लगानी गर्ने योजना सार्वजनिक गरेका छन् ।

देशलाई चाहिने वैज्ञानिक उत्पादन गर्ने उदेश्य सहितको प्रस्तावमा सरकारले चाहे अनुसार सहयोग नगरेपछि पुनले व्यक्तिगत पहलमा राष्ट्रिय आविष्कार केन्द्र खोल्ने अभियानलाई तिव्रता दिएका हुन् ।

स्मरणीय छ हालै मात्र सरकारले फर्क बैज्ञानिक फर्क नामको अभियान दिएर बिदेशमा रहेका बैज्ञानिकहरुलाई स्वदेशमा फर्कन र काम गर्न भन्दै त्यसको लागि ५० लाख रुपैयाँ बजेट छुट्याएको छ ।

सरकारले छुट्याएको रकम प्रचारमा पनि नपुग्ने भन्दै बैज्ञानिकहरुलाई स्वदेश फर्कन आग्रह गरेपनि वातावरण र लगानी नगर्ने सरकारी परम्परालाई ५० लाख बजेट बिनियोजनले उदांगो पारेको विज्ञहरुले टिप्पणी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web