काठमाडौँ ।

विभिन्न देशमा ३१८ जना नेपाली नागरिक विभिन्न अभियोगका कारण कारावास सजाय भोगिरहेको पाइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सक्रियतामा नेपाली दूतावास रहेका र नरहेका तर प्रमाणीकरण हुने विश्वका ३२ वटा मुलुकमा रहेका नेपाली नागरिकको अवस्था बुझ्ने क्रममा यस्तो पाइएको हो ।

सरकारले पहिलोपटक यी देशमा रहेका नागरिकको खोजी गरी कारागार सजाय भोगिरहेका नागरिकको अवस्था सार्वजनिक गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको परराष्ट्र शाखाका अनुसार विभिन्न देशमा कारावास सजाय भोगिरहेका ३१८ जना नेपाली नागरिकमध्ये १७ जनालाई मृत्युदण्ड र ४३ जनालाई जन्मकैदको सजाय सुनाइएको छ ।

यसैगरी विदेशका कारागारमा रहेका २३९ जनालाई न्यूनतम एक महिनादेखि ५० वर्षको कारावास सजाय तोकिएको पाइएको सो शाखाका वैदेशिक रोजगारविज्ञका रूपमा कार्यरत सुशील ढुङ्गानाले जानकारी गरए। भारतबाट भने विवरण आउन बाँकी रहेको छ । उनका अनुसार विदेशी कारागारमा रहेका नेपाली नागरिकमध्ये सबैभन्दा बढी साउदी अरब,कतार, मलेसिया, कुबेतमा रहेको पाइएको छ ।

त्यसपछि दक्षिण कोरियामा नेपाली नागरिकको चाप रहे पनि ती मुलुकमा भन्दा बैङ्कक र चीनको बेइजिङ तथा स्वशासित क्षेत्र तिब्बतमा समेत नेपाली नागरिकले कारावास सजाय भोगिरहेको पाइएको ढुङ्गानाले जानकारी गराए। कार्यालयका अनुसार पाकिस्तान, श्रीलङ्का, कम्बोडिया, सिङ्गापुरजस्ता देशमा समेत नेपाली नागरिकले कारावास सजाय भोगिरहेको पाइएको छ ।

कारावास सजाय भोगिरहेका नेपाली नागरिकमाथि हत्या, लागूऔषध प्रयोग तथा कारोबार, मानव तस्करी, मादक पदार्थ उत्पादन, प्रयोग तथा बिक्री, चोरी, ठगी, बलात्कार जस्ता आरोप लगाएको पाइएको बताउनुभयो ।

सीता शर्माले आजको गोरखापत्रमा लेखेकी छन् ।
24.19¡ÆC