टोकियो ।

गैर आवसिय नेपाली संगठन एनआरएन जापानको नयाँ सदस्यको आवेदन तीन दिन बाँकी रहँदा आवेदन गर्नेहरुको संख्या बढेर गएको छ ।

'अब तीन दिन मात्र बाँकी छ' एनआरएन जापानका उपाध्यक्ष टासी लामाले भन्नुभयो-'अन्तिम समयमा कामगर्ने हाम्रो बानी हिजो आज दिनकै हजारौं आवेदन आउन थालेपनि काम गर्न भ्याइ नभ्याइ छ ।'

एनआरएनए जापानको अधिवेशन नजिकिंदै गर्दा सदस्यता वितरणमा मोबाइल एप्लिकेसन मार्फत सहजता अपनाएपछि यसपटक कार्यालयमा धाएर भन्दा प्रविधिको प्रयोग गरेर सदस्य आवेदन दिनेको संख्या अत्यधिक बढेको पाइएको छ ।

यही मे ३१ तारिखसम्म सदस्यता नविकरण तथा पञ्जिकृत र साधारण सदस्यको लागि आवेदन खुल्ला गरेको एनआरएन जापानले सहजताको लागि राजधानी टोकियोको शिनोकोबुस्थित सोल्टी इन्टरप्राइजेजबाट आबेदनमा सहजिकरणको काम गरिरहेको छ ।

सामाजिक सञ्जाल मार्फत सदस्यता आवेदनको लागि अनुरोध तथा प्रचार गरिरहेको एनआरएन जापानको एपमा आफ्नो मोबाइल नम्बर र पासवर्ड राखेर लगइन भइ आफ्नो सदस्यता बारे जानकारी लिन सकिने व्यवस्था मिलाएको छ ।

आवेदन गरिएको तर पेण्डिगं अर्थात् स्विकृत नभएको खण्डमा सदस्यता लिन प्रयोग गरेको आफ्नो मोबाइल नम्बर र एनआरएनए जापानको आइडी नम्बर एनआरएन जापानका कार्यसमिति सदस्यमार्फत जानकारी गराएमा जतिसक्दो छिटो समस्या समाधान गरेर सदस्यता स्विकृत गराउनेकाम गरिरहेको सचिव बुद्धिराज घिमिरेले जानकारी दिनुभयो ।

पुरानो सदस्यता परिचयपत्र नपाएको या नयाँ सदस्यता नविकरण गर्न सहयोग चाहिएमा पनि एनआरएन जापानले सहयोग सहजिकरण गरिरहेको भन्दै अध्यक्ष सुदन थापाले बिहान १० बजेदेखी बेलुकी ८ बजेसम्म सिनओकुबो प्रहरीबिट नजिकै रहेको सोल्टी इन्टरप्राइजेजमा आउन वा ०३ ५९८९ १९२७ मा सम्पर्क गर्न सकिने जानकारी दिनुभयो ।

नयाँ सदस्यता र पञ्जिकृत सदस्यतामा फरक

नयाँ सदस्यता विशेषता विद्यार्थी भिषामा रहेकाहरुलाई हो । उपाध्यक्ष टासी लामाले भन्नुभयो विद्यार्थी भिषामा रहनुभएकाहरुले नयाँ सदस्यमा आवेदन दिनुपर्छ भने वर्किगं वा अन्य जुनसुकै भिषामा रहेकाहरुले भने पञ्जिकृत सदस्यतामा आवेदन दिनुपर्छ ।

धेरैले यसमा झुक्किएर पञ्जिकृत र साधारण सदस्यतामा आवेदन पठाइरहेपनि एनआरएन जापानले आवेदनसँगै पठाएको जाइरोकार्ड हेरेर मिलाइरहेको उपाध्यक्ष लामाले जानकारी दिनुभयो ।

एनआरएन जापान अध्यक्ष सुदन थापाद्धारा सदस्यता आवेदन तरिका सहितको अनुरोध यस्तो छ

एनआरएनए जापानको सदस्यता नबिकरण तथा नया सदस्यता लिने समय

सकिन ३ दिन बाकी रहेको छ, नया सदस्यता लिने तथा पुरानो सदस्यता नबिकरण गर्न मे ३१ २०१७ सम्म खुला रहेको छ l

एप मार्फत नया सदस्यता लिने तथा पुरानो सदस्यता नबिकरण गर्नु भएका तथा सदस्यता लिने सोचमा रहनु भएका महानुभाब हरुले ध्यान दिनुपर्ने कुरा l

⭕️ नया सदस्यता तथा नबिकरणका लागि एनआरएनए जापानको ( JP POST 10010-52370361 ) खातामा प्रतिव्यक्ति १,००० येन दाखिला गरि भौचर मा लेखिएका मिति , ATM नम्बर ,जम्मा गरेको कुल रकम , भौचरको फोटो ,आफ्नो फोटो ,परिचय कार्ड लगायतका कुरा हरु एनआरएनए एप मार्फत फारम भर्दा संगै पठाउनु पर्ने छ l

⭕️ फोटो ,परिचय कार्ड राखेर फारम भरि सक्नु भएका तर एनआरएनए जापानको ( JP POST 10010-52370361 ) खातामा सदस्यता सुल्क १,००० येन नराख्नु भएका हरुले एनआरएनए जापानको खातामा पैसा जम्मा गरि आफ्नो एपमा रहेको MEMBERS,S LOGIN मा गएर आफ्नो फोन नम्बर र पास्वोर्ड राखेर लगइन गरेर ADD RECEIPT मा गएर बैंक भौचरमा लेखिएका मिति , ATM नम्बर ,जम्मा गरेको कुल रकम जस्ता कुरा लेखि साथ मा भौचर नत्थी गरि पठाउनु पर्ने छ l

⭕️ नबिकरणको लागि आफ्नो आइडी नम्बर जस्तै:001-001500 र हामीले उपलब्ध गराएको अस्थाई पासओर्ड राखी आफ्नो फोन नम्बर र आफुले सम्झने स्थाई पासओर्ड राख्नु पर्ने छ ,फोन नम्बर र स्थाई पासओर्डले तपाई लाई एनआरएनए एपमा लगइन गर्न सहयोग गर्ने छ,आफ्नो स्थाई पासओर्ड गोप्य रुपमा राख्न अनुरोध छ l अस्थाई पासओर्ड हराउनु भएका महानुभाब हरुले जानकारी को लागि कार्यसमिति संग सम्पर्क गर्न सक्नु हुने छ l

⭕️ तपाईले फारम भरे पछि सर्बप्रथम पेनडिंग अवस्थामा रहने छ तपाईले पठाउनु भएको आफ्नो फोटो ,परिचय कार्ड ,सदस्यता सुल्क तिरेको चेक जाच गरि पुरा आएका फारम लाई प्रमाणित गरिने छ ,अनिबार्य रुपमा फोटो, परिचय कार्ड ,सदस्यता सुल्क तिरेको भौचर अनिबार्य रुपमा राख्नु पर्ने छ l

⭕️ एनआरएनए जापानको ( JP POST 10010-52370361 ) खातामा सदस्यता सुल्क १,००० येन राख्नु भएका तर फोटो ,परिचय कार्ड नराख्नु भएका महानुभाब हरुले यथासिघ्र समिति लाई आफ्नो सदस्यता आइडी नम्बर पठाई पुन एकपटक सुरुबाट फारम भर्न अनुरोध छ l

⭕️ सदस्यता बन्ने क्रममा तपाइले राख्नु भएको फोन नम्बर प्रयोग भै सकेको साइन आएमा यथासिघ्र समिति संग सम्पर्क गरिदिन अनुरोध छ l एक फोन नम्बर एक सदस्य बन्नमा मात्र प्रयोग हुने छ l

⭕️ सबै प्रक्रिया पुरा गरि सक्नु भएका महानुभाब हरुले एनआरएनए जापानको एपमा रहेको MEMBERS,S LOGIN मा गएर आफ्नो फोन नम्बर र पास्वोर्ड राखेर लगइन गरि आफ्नो सदस्यता प्रमाणित भए नभएको हेर्न सक्नु हुने छ ,सदस्यता पेनडिंग आएको खण्डमा यथासिघ्र सम्पर्क गर्न अनुरोध छ l पेनडिंगमा रहने कारणहरु फोटो ,परिचय कार्ड र सदस्यता सुल्क तिरेको भौचरको फोटो मध्य एक नहुनु हो या सबै नहुनु हो l फारम भर्दा आफ्नो इमेल ठेगाना राख्नु भएको खण्डमा तपाईको सदस्यता सम्बन्धि जानकारी इमेलमा दिइने छ l

⭕️ सदस्यता फारम भर्न सुरु गरे पछि आफ्नो फोटो र परिचय कार्ड राखे पछि मात्र अन्त्य गर्नु होला बिचमै छोड्नु भएको खण्डमा तपाईको फारम फोटो र परिचय कार्ड बिनानै जम्मा हुने छ र पछि नया फारम भर्दा तपाईले प्रयोग गर्नु भएको फोन नम्बर प्रयोग भै सकेको साइन आउने छ l

फारम भर्दा कुनै पनि समस्या भएमा तुरुन्त एनआरएनए जापान क्षेत्रिय समिति अथवा कार्यसमिति संग सम्पर्क गर्न सक्नु हुने छ l

सेन्दाईमा एनआरएनए जापान क्षेत्रीय कमिटी, अधिवेशन गरेपछि जुलाई १ मा गठन

एनआरएन जापानले क्षेत्रिय कमिटि विस्तार गर्ने क्रममा सेन्दाईमा आफ्नो १३ औं कमिटि विस्तार गरेको छ ।

एनआरएनए जापानले गठन गरेको क्षेत्रीय कमिटि बिस्तार एवं सहजिकरण समितिले सेन्दाई क्षेत्रलाई समेट्ने गरि भेला गरि “एनआरएनए जापान, सेन्दाई क्षेत्रिय प्रथम अधिवेसन आयोजक कमिटि “गठन गरेको हो ।

यहि जुलाई १ तारिख अधिवेसन सम्पन्न गर्ने प्रल्हाद सिंह महतको संयोजकत्वमा मुल आयोजक कमिटि पनि गठन गरिएको छ ।

अध्यक्ष सुदन थापा, उपाध्यक्ष टासि लामा, सचिव बुद्धि राज घिमिरे, सदस्य अनिल थापा सहित कान्तो क्षेत्रीय कमिटिका संयोजक प्रकास थापा, एनआरएनए जापानका पुर्व कोषाध्यक्ष तेज अर्याल लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।

अब मुल आयोजक समिटिले जुलाई १ तारिखमा अधिवेशन गरेपछि एनआरएन जापान सेन्दाई क्षेत्रिय कमिटिले पूर्णता पाउनेछ ।

14.12¡ÆC