देउवा र प्रचण्ड प्रधानन्यायधिश मािथ लगाएको प्रतिशोधको महाभियोग फिर्ता लिंदै

जेष्ठ १४, २०७४ मा प्रकाशित | 2001 views

काठमाडौं ।

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा प्रतिशोधपूर्ण तरिकाले महाअभियोग दर्ता गरेका काँग्रेस सभापती शेरबहादुर देउवा र प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज महाभियोग प्रस्ताव फिर्ता लिने भएका छन् ।

हिजो भएका शिर्ष दलका नेताहरुबिचको बैठकमा महाअभियोग फिर्ता लिने सहित स्थानीय चुनावमा भएको धाँधलीबारे छानबिन गर्न संसदीय समिति गठन गर्ने र थपिएका स्थानीय तहको संख्या कार्यान्वयन नगर्न सर्वोच्चको आदेशको सम्मान गर्ने तीन प्रमुख दलबीचको सहमतिपछि प्रमुख विपक्षी एमालेले संसद्को अवरोध फिर्ता लिएको छ ।

सिंहदरबारमा तीन दलका शीर्ष नेताबीचको सहमतिपछि शनिबार बसेको संसद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिबाट सम्बोधन भएको नीति तथा कार्यक्रमको प्रति प्रस्तुत गर्नुभयो भने माओवादी केन्द्रका प्रमुख सचेतक टेकबहादुर बस्नेतले राष्ट्रपतिप्रति धन्यवादको प्रस्ताव पेस गरिसकेका छन् ।

तीन दलको सहमतिअनुसार सत्तापक्षले प्रधानन्यायाधीश कार्कीविरुद्धको महाभियोग प्रस्ताव आइतबार फिर्ता लिने जनाएको छ ।

संसद्मा विचाराधीन रहेकै बेला सर्वोच्चले महाभियोग अघि नबढाउन अन्तरिम आदेश दिँदै निलम्वनमा पर्नुभएकी प्रधानन्यायाधीशलाई सोही पदमा काम गर्न आदेश दिएको थियो ।

एमालेले सुरुदेखि नै महाभियोगको विरोध जनाए पनि सर्वोच्चको आदेशपछि उक्त प्रस्ताव के गर्ने भन्नेमा स्वयं सत्तापक्ष पनि अलमलमा थियो ।

महाभियोग प्रस्ताव फिर्ताको प्रक्रियाबारे सत्तापक्षले छलफल भइरहेको र यो आजै हुने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web