काठमाडौं ।

दुईसाता अभिमात्र कैलालीको टिकापुरमा सुरक्षाकर्मीलाई नियन्त्रणमा लिएर विभत्स हत्या गरेकाहरुमाथि लगाएको मुद्दा फिर्ता लिने घोषणा गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मानव अधिकारको संरक्षण, संम्वद्र्धन र प्रभावकारी कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

राष्ट्रिय मानव अधिकार आयोगको १७ औं वार्षिकोत्सव समारोहलाई आज ललितपुरमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले मानव अधिकारको संरक्षणबिना लोकतन्त्र सुनिश्चित नहुने हुँदा सबैले लोकतन्त्र, मानव अधिकार र कानूनी शासनको पक्षमा काम गर्न आवश्यक रहेको उल्लेख गरे ।

प्रधानमन्त्री प्रचण्डले संविधानबमोजिम गर्नुपर्ने तीनै तहको निर्वाचन भइसकेपछि विकास, सम्वृद्धि र न्यायको मार्गलाई फराकिलो पार्दै अघि बढ्ने आधार तयार हुने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री प्रचण्डले पहिलो चरणको स्थानीय तहको निर्वाचनले देशको शासन प्रणालीमा सहभागी भई आफ्नो भाग्य आफैं निर्माण गर्न नेपाली जनतालाई सक्षम तुल्याएको उल्लेख गर्दै दोश्रो चरणको निर्वाचन स्वतन्त्र, स्वच्छ र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सरकार दृढ रहेको बिचार राखे ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अुनपराज शर्माले आयोगबाट मानव अधिकारको संरक्षणको लागि भएका सिफारिशको पूर्ण कार्यान्वयन गर्नेतर्फ सरकारले गम्भीरताका साथ ध्यान पुर्याउने विश्वास व्यक्त गरे ।

त्यस अवसरमा मानव अधिकारको क्षेत्रमा योगदान गर्नुहुने उदयपुरकी नब्दुल खान र सप्तरीका बलदेव परियार मानव अधिकार स्मृति सम्मान २०७३ बाट प्रधानमन्त्री प्रचण्डले सम्मानित गरेका थिए ।

16.6¡ÆC