पाँचथरमा दलहरु स्थानीय तहको निर्वाचन प्रचारमा व्यस्त

जेष्ठ १३, २०७४ मा प्रकाशित | 733 views

पाँचथर ।

जेठ ३१ गते हुने दोस्रो चरण स्थानीय तहको निर्वाचनको लागि पाँचथर जिल्लाका अधिकांस राजनितिक दलहरुले आ–आफ्नो दलको तर्फबाट निर्वाचन लड्ने उमेरद्वारहरुको नाम टुङगो लगाएको छ । एक लाख  १६ हजार ६२८ मतदाता रहेको पाँचथर  जिल्लामा  एक नगरपालिका र सात वटा  गाउँपालिकासहित आठ स्थानीय तह रहेका छन् ।

जिल्लाका प्रमुख दलहरु नेपाली कांगे्रस, नेकपा एमाले,माओबादी केन्द्र, राप्रपा लगायतका दलहरुले आफ्नो पार्टीका उमेरद्वारहरु पत्रकार सम्मेलन गरि सार्वजनिक गरेका छन् । यसैबीच केही दिन अघि नेपाली कांग्रेसले नगरपालिकाको मेयर र उपमेयर बाहेकका सबै गाउँपालिकाका प्रमुख, उपप्रमख, वडाअध्यक्ष र सदस्य उमेरद्वारको नाम सार्बजनिक गरेको छ भने शुक्रबार नेकपा एमालेले एक गाउँपालिका बाहेक जिल्लाका सबै पालिका प्रमुख उपप्रमुख उमेरद्वारको नाम सार्वजनिक गरेको छ ।

सो पार्टीले जिल्लाको एक मात्र नगरपालिकामा जिल्ला अध्यक्ष राजकुमार भण्डारीलाई उमेरद्वार बनाएको छ । पत्रकार सम्मेलनमा राप्रपा र माओबादी केन्द्रलगायतका कांग्रेस बाहेकका दलहरुसंग सहकार्य र तालमेल गरि अघि बढ् छलफल र बार्ता भइरहेको सो पार्टीका जिल्ला कार्यबाहक अध्यक्ष तिवेन्द्र चापागाईले बताउनुभएको छ ।

यता माओबादी केन्द्रले जिल्लाका सबै स्थानमा आफ्ना उमेरद्वार सार्वजनिक गरि प्रचारप्रसारलाई तिव्रता दिएको छ । यसैगरी  जिल्लाको  कसरी आफ्नो पकट बलियो बनाउन सकिन्छ भने गाँउ घरमा सभा, कार्यकर्ता भेला , घरदैलो अभियान सञ्चालन गरिरहेका छन् ।

कुन पार्टीले कुन स्थानमा जित्न सक्छ भन्ने कुराको अनुमान गरि निर्वाचनमा आफु एक्लै जादाँ जित निश्चित नहुने स्थानमा प्रतिष्पधी भन्दा अर्को दलसंग तालमेल गरे अघि बढ्ने गरि ती दलहरु आफसी गृहकार्य समेत गर्न थालेका छन् । यसैबीच कुन दलले कुन ठाउँमा निर्वाचन जित्छ भनेर चोक चोकमा भेला हुने कुरा कानी  र चर्चा परिचर्चा हुन थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web