स्थानिय तह बढाउने सरकारी बिरोधमा एमालेद्धारा संसद बैठक अरुवद्ध

जेष्ठ १२, २०७४ मा प्रकाशित | 1004 views

काठमाडौं ।

व्यवस्थापिका संसदको आजको बैठक दुइ पटक बस्न खोजे पनि नेकपा एमालेको अवरोधका कारण स्थगित भएको छ ।

पहिलो बैठक दिउंसो १ बजे बसेकोमा एमालेले अवरोध गरेपछि सभामुखले दोश्रो बैठक अपरान्ह चार बजे बस्ने गरि स्थगित गर्नु भएको थियो ।

चार बजे बसेको बैठक पनि नेकपा एमालेले अवरोध गरेपछि भोली दिउंसो १ बजेसम्मका लागि संसद बैठक स्थगित गरिएको छ ।

चार बजे बसेको बैठकमा नेकपा एमाले संसदीय दलका मुख्य सचेचक भानुभक्त ढकालले, स्थानीय तहको संख्या वृद्धि, प्रधानन्यायाधीश विरुद्ध ल्याइएको अविश्वास प्रस्ताव र संबिधान संशोधनको प्रस्ताव सरकारले फिर्ता नलिएसम्म बैठक चल्ने नदिने बताउनु भयो ।

मुख्य सचेतक ढकालले बोल्नुभएपछि एमालेका सम्पुर्ण सांसदहरु आआफ्नो सिटबाट उठी विरोध जनाउनु भएपछि सभामुख ओनसरी घर्तीले अवरोधका वीच बैठक चलाउन नसकिने भन्दै भोली एक बजेसम्मका लागि संसद बैठक स्थगित गर्नु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web