टोकियो ।

एक साताअघि पद सम्हाल्न आएकी नेपाली राजदूत प्रतिभा राणाले आफ्नो ओहोदाको प्रमाणपत्र जापानको परराष्ट्र मन्त्रालयमा बुझाएकी छिन् ।

नेपाल सरकारबाट जापानका लागि राजदूतमा सिफारिस राणाले ओहोदाको प्रमाणपत्रको ट्रु कपी पेश गरेकी हुन् ।

कूटनीतिक प्रचलनअनुसार नवनियुक्त राजदूतले सम्बन्धित राष्ट्रको राष्ट्रप्रमुखलाई आफ्नो ओहोदाको प्रमाण पत्र पेश गर्नुअघि सोही देशको परराष्ट्र मन्त्रालयका अधिकारी समक्ष ओहोदाको प्रमाणपत्रको ट्रु कपी पेश गर्नुपर्ने हुन्छ ।

ओहोदाको प्रमाणपत्र पेश गर्ने क्रममा जापानी उप-बिदेशमन्त्री शिन्सुके सुगियामासँग बिहीबार भएको शिष्टाचार भेटमा राजदूत राणाले कार्यकाल समाप्त भई नेपाल फिर्ता भएका राजदूत डा. मदनकुमार भट्टराईको रिकल लेटरसमेत पेश गरेकी थिइन् ।

टोकियोस्थित नेपाली दूतावासका अनुसार राजदूत राणा र उपबिदेशमन्त्री सुगियामाबीच भएको भेटका अवसरमा नेपाल जापान बीचको द्धिपक्षीय सम्बन्धका विविध आयामहरुका बारेमा सौहार्दपूर्ण छलफल भएको थियो ।

भेटमा राजदूत राणा र मन्त्री सुगिमाबीच द्धिपक्षीय हित, आपसी सहयोगका विषयमा पनि छलफल भएको जापानस्थित नेपाली दूतावासले जनाएको छ ।

राजदूत राणाले नेपालको आर्थिक विकासमा जापानले पुर्याउँदै आएको सहयोग र सद्भावको प्रशंसा गर्दै जापान सरकारलाई धन्यवाद दिएकी थिईन ।

त्यस्तै उपबिदेशमन्त्री सुगियामाले पनि नेपाल जापानबीचको सम्बन्धलाई जोड दिँदै नेपालको सामाजिक र आर्थिक बिकासको हरेक प्रयासमा सहयोग गर्न जापान सरकार तत्पर रहेको जानकारी गराएका थिए ।

यसअघि राजदूत राणाले जापानको परराष्ट्र मन्त्रालयकै शिष्टाचार महापाल आकिरा सुगियामासँग पनि भेटवार्ता गरी दुई देशबीचको कुटनीतिक सम्बन्धका बारेमा छलफल गरेको दूतावासले जनाएको छ । सो भेटमा नेपाली राजदूतावास टोकियोका उपनियोग प्रमुख कृष्णचन्द्र अर्याल र तृतीय सचिव रेबन्त केसीको पनि उपस्थिति रहेको थियो ।

त्यस्तै मन्त्री सुगोयामासंगको भेटमा जापान परराष्ट्र मन्त्रालयका दक्षिण पश्चिम एसिया प्रभागका निर्देशक तथा नेपाल डेस्क अधिकृतको उपस्थिति रहेको थियो ।

13.12¡ÆC