नेटो गठबन्धनको काम नभएको बताएका ट्रम्प ले के भन्लान् ? नेटो सम्मेलनमा

जेष्ठ १२, २०७४ मा प्रकाशित | 1059 views

एजेन्सी ।

राष्ट्रपति निर्वाचनको दौडमा सार्वजनिक रुपमै युरोपियन देशहरुको सैन्य बल नेटोको कुनै काम नभएको भन्दै यसको आलोचना गर्ने गरेका डोनाल्ड ट्रम्प पहिलो पटक नेटो सम्मेलनमा सहभागी हुन ब्रसेल्स पुगेका छन् ।

राष्ट्रपति निर्वाचीत भएपछि नेटोबारे सार्वजनिक रुपमा खासै टिका टिप्पणी नगरेका ट्रम्प पहिलो पटक नेटो सम्मेलनलाई सम्बोधन गर्न पुगेका हुन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले सम्मेलनका क्रममा नेटोको गतिविधिका साथै यसको आर्थिक भारको विषय र संगठनका कामका बारेमा नेटोमा आवद्ध २७ राष्ट्रका नेताहरुसँग छलफल गर्दैछन् ।

रोचक कुरा के भने ट्रम्पले अमेरिकामा ११ सेप्टेम्बर २००१ मा भएको अलकायदा आक्रमणमा ध्वस्त ट्विन टावरमा निधन भएकाको समुहिक स्मारकको अनावरण गर्दैछन् भने उनले त्यहाँ सम्वोधन पनि गर्ने भएका छन् ।

राष्ट्रपति निर्वाचन अघिसम्म अतिवादी स्लामिक समुहमाथि आक्रमणमा खर्च कम गर्नुपर्ने बताएपछि ट्रम्पले सत्ता सम्हालेपछि भने मुश्लिम देशका नागरिकमाथि भिषामा समेत कडाइ गरिदिएका छन् ।

यस्तोमा विगतमा नेटो सम्मेलनमा यसको औचित्य नरहेको बताएका ट्रम्पले नेटोलाई अमेरिकाले गर्दै आएको सहयोग र आतंकवादका नाममा नेटो सेनालै मुश्लिम राष्ट र केही द्धन्द्धग्रस्त देशमा गरिरहेको सैन्य हमला र कारवाहीमा सहयोगमा प्रतिवद्धता जनाउने विश्वास नेटोले लिएको यसमा आवद्ध नेताहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web