संसद बैठक भोलि ११ बजेसम्मका लागि स्थगित

जेष्ठ ९, २०७४ मा प्रकाशित | 873 views

काठमाडौं ।

स्थानीय तहको संख्या वृद्धिको विषयमा असन्तुष्टि जनाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बैठक अवरोध गर्ने जनाएपछी व्यवस्थापिका–संसद्को आज चल्न सकेन ।

दलहरुबीच सहमति जुटाएर संसद् सञ्चालन गर्ने विषयमा दिनभर संसद् भवन नयाँ बानेश्वरमा छलफल भए पनि सहमति वन्न नसकेपछि साँझ सूचना टाँस गरेर भोलि  ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको हो ।

आज बिहान ११ बजेका लागि वोलाइएको बैठक १ बजे , दिउसो ३ ,५ र ७ वजे गरि पटक पटक बैठकको समय सारिए पनि दलहरुबीच सहमति जुटन नसकेपछि बैठक भोलिसम्मका लागि स्थगित गरिएको हो ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको थियो ।

त्यसैगरी उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले आगामी आर्थिक वर्ष २०७४/७५ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा ९कर प्रस्तावबाहेक० छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने आजको कार्यसूचीमा रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web