काठमाडौं ।

कैलालीको टीकापुर घटनाका आरोपितको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध आज सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नेपाल सरकार लगायतलाई विपक्षी बनाई अधिवक्ता कपिलदेव ढकाल, नेपाल सरकारका पूर्वसचिव द्वारिकानाथ ढुङ्गेल, डा जगदीशचन्द्र बरालले संयुक्तरुपमा मुद्वा दायर गर्नुभएको हो ।

मन्त्रिपरिषद्ले यही जेठ ४ गते टीकापुर घटनाका आरोपितलाई थरुहट र मधेस आन्दोलन राजनीतिक भएकाले त्यसक्रममा विभिन्न व्यक्तिमाथि चलाइएको मुद्दा फिर्ता लिने निर्णय गरेको थियो ।

कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते दुई वर्षीय बालकसहित नेपाल प्रहरीका बहालवाला प्रहरी वरिष्ठ उपरीक्षकसहित आठजना प्रहरीमाथि अमानवीय तरिकाले हत्या भएको थियो ।

सो घटनाका सम्बन्धमा राष्ट्रिय मानवअधिकार आयोगले अनुसन्धान गरी दोषीउपर कारबाही गर्न २०७३ साल फागुन २४ गते नेपाल सरकारलाई सिफारिससमेत गरेको थियो । त्यसपश्चात् सरकारले घटनामा संलग्न उपर अदालतमा मुद्दासमेत दायर गरेको थियो ।

16.54¡ÆC