जापानका पत्रकार संघसंस्था छलफल-‘नेपालीको सुरक्षा, हित र भविष्य प्रति सजग भएर काम गरौं’

जेष्ठ ७, २०७४ मा प्रकाशित | 968 views

टोकियो ।

नर्व निर्वाचीत नेपाल पत्रकार महासंघ जापान शाखाले जापानमा रहेका संघसंस्थाका प्रतिनिधिहरुसँग गरेको छलफलमा सहभागीहरुले संघसंस्था र पत्रकारले जापानमा रहेका नेपालीहरुको सुरक्षा, हित र भविष्य प्रति सजग भएर काम गर्नुपर्ने औंल्याएका छन् ।

जापानमा अवस्थित विभिन्न संघ संस्थाहरुसँग पारस्परिक सम्बन्ध विस्तारका लागि अन्तरक्रिया पत्रकार महासंघ जापान शाखाले गरेको कार्यक्रममा सहभागीहरुले जापानमा रहेका पत्रकारहरुले करिव ७० हजार बढि नेपालीहरुको हितका लागि जिम्मेवार हुनु पर्ने धारणा राखे ।

नेपाल पत्रकारमहासंघ जापानका नवनिर्वाचित पत्रकारहरुसंग जापानमा क्रियाशील सामाजिक संघसंस्थाका पदाधिकारीहरुबीच गरिएको अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले जापानमा रहेका नेपालीहरुको सुरक्षा र हितका लागि पत्रकारहरु चनाखो र महत्वपूर्ण भूमिका निभाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा प्रमुख अतिथि जापानका लागि नेपाली दूतावासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालले जापानवासी नेपालीहरुको हितका लागि दूतावास हरकदम एकवद्ध रहेसंगै जापानमा क्रियाशील पत्रकारहरु समेत जिम्मेवार हुनु पर्ने धारणा राख्नुभयो। समुदायमा मिलेर बसेका नेपालीहरुबीचको आपसी भाईचारा र एकताका कारण जापानीहरुले नेपाली समुदायलाई रुचाएको भन्दै उपनियोग प्रमुख अर्यालले कुनैपनि विषयलाई समाचार बनाउदा नेपाली समुदायको भविष्य प्रति सजग भएर काम गर्न आग्रह गर्नुभयो ।

यस्तै दूतावासले हरेक नेपालीको क्रियाकलापसंगै संघसंस्थाहरुको गतिविधि तथा राजनीतिक संगठनहरुको क्रियाकलापका कारण जापान सरकारले पटकपटक प्रश्न सोध्ने गरेको प्रसंग कोटयाउदै उहाँले हरेक पटक आफुले राम्रो विषय बारेमा जानकारी दिएको दावी गर्नुभयो ।

जापानी सरकारले विदेशमा राजनीतिक संघसंस्थाहरु धेरै खुलेको तथा सामाजिक संघसंस्थाहरुले के गर्छन भनि पटकपटक सोध्ने गरेको भन्दै उहाँले हरेकसंस्थाहरु समुदायको हितका लागि र समाजसेवामा काम गर्नेगरेको विषयमा भन्दै आएको जानकारी दिंदै उहाँले आफूले भने बमोजिम नै जापानवासी नेपालीहरुमा काम गर्न निर्देशन दिनुभयो ।

दूतावास कार्यालयले हरेक समयमा नेपालीहरु माथी नजर राखि रहेको भन्दै उहाँले सुखमा भन्दा दुखमा  सदैव साथ दिन तयार रहेको धारणा राख्नुभयो ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ एनआरएनए जापानका अध्यक्ष सुदन थापाले समुदायको हितका लागि हरेक नेपाली जिम्मेवार हुनु पर्ने भन्दै पत्रकार महासंघ र समुदायका प्रतिनिधिहरुले पहिले आफू नेपाली भएको तर्फ ध्यान दिएर काम गर्नुपर्ने धारणा राख्नुभयो। समुदायको रहेक समस्यामा एकजुट भएर हातेमालो गर्दै सहयोग गर्न एनआरएनए जापानले नेतृत्व लिएको भएपनि सबैको सहयोग र सहभागिता अपरिहार्य रहेको बताउनु भयो ।

यसैगरि कार्यक्रममा अतिथिको आसनबाट बोल्दै नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य पवनवर्षा शाहले प्रवासमा पत्रकारहरुले समुदायको सकारात्मक समाचार मात्र सम्प्रेषण गर्न आवश्यक रहेको धारणा राख्नुभयो। प्रवासमा खोजी पत्रकारीता र विट पत्रकारीता गर्न जोखिम हुने भएकाले समुदायको हित र सकारात्मक विषयलाई मात्र उठान गर्नुपर्ने बताउनुभयो ।

प्रवासमा नेपाली समुदाय भित्रको विकृति र विसंगति बारेमा पूर्ण जानकार भएपनि नेपाली नेपाली बीचको समस्या विदेशीलाई जानकारी गराउनु गलत हुने र गलत सन्देश जाने बारे पत्रकारहरु सचेत रहेको धारणा राख्नुभयो। समुदायमा गलत प्रवृतिका मान्छेका विषयमा धेरै गुनासाहरु आउने गरेको भन्दै उहाँले कसैले पनि ठगी, शोषण र अन्याय नगर्न चेतावनी दिंदै ति विषयहरु समाचारमा आए कोही पनि विदेशमा टिक्न नसक्ने दावी गर्नुभयो। साथै उहाँले पत्रकारहरुलाई शत्रुभन्दा पनि मित्रवत नजरले हेर्न आग्रह गर्नुभयो ।

करिव दुई दर्जन संघसंस्थाका अध्यक्ष, महासचिव तथा सचिवहरुको सहभागिता रहेको कार्यक्रममा वक्ताहरुले समुदायको हितकै लागि पत्रकारहरुले  सत्यतथ्य विषयमा विस्तृत बुझेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह गरेका थिए ।

नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घलेको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघले जापानवासी नेपाली र सामाजिक संघसस्थाहरुसंघ मिलेर काम गर्ने तयारीमा जुटेको भन्दै उहाँले प्रवासमा रहेका हरेक नेपाली माथी कुनैपनि गलत क्रियाकलाप  रोक्न तत्पर रहने धारणा राख्नुभयो ।

कार्यक्रममा नेपाल सरकारको अवैतनिक पर्यटन प्रतिनिधी अनुज थापा, प्रवासी नेपाली मन्च जापानका महासचिव सुरेश केसी, बाँके वर्दिया मैत्री समाजका अध्यक्ष जनकविक्रम शाही, स्याङ्जा समाज जापानका अध्यक्ष सागरमणि भण्डारी, पाल्पा समाजका जापानका अध्यक्ष निरन्जन गैरे, गुल्मेली समाज जापानका अध्यक्ष शालिकराम भण्डारी, नेपाली जनप्रगतिशील समाज जापानका अध्यक्ष दिनेश शाहीको उपस्थिति रहेको थियो ।

यसैगरि धादिङ समाज जापानका अध्यक्ष कृरष्णप्रसाद खनाल, नेपाली जनसम्पर्क समिति जापानका कार्यवाहक अध्यक्ष पुष्करजंग थापा, एभरेष्ट ईन्टरनेशनल स्कुल जापानका अध्यक्ष भूपालमान श्रेष्ठ, यूथ फर अल जापानका उपाध्यक्ष राजन पन्त, किराँत याक्थुङ चुम्लुङ जापानका सचिव मनकुमार तुम्सा, पूर्वी नेपाल विकास सहकार्य केन्द्र जापानका अध्यक्ष सुभाष प्रसाद लोहनी, राप्ती समाज जापानका संयोजक विशेश्वर रेग्मी, जनप्रगतिशील मन्च जापानका सचिव जनक सुवेदी नेपाल, इकोनोमिक्स अर्गनाइजेसनका अध्यक्ष जीवनराज भण्डारीको समेत उपस्थिति रहेको थियो ।

छलफल कार्यक्रममा तमु धीं जापानका अध्यक्ष श्री भक्त गुरुङ, म नेपाली ग्रुप प्रतिनिधी इन्दिरा गौतम, ओएनएफ जापानका कार्यवाहक अध्यक्ष वावुराम भण्डारी, नेपाली जनसम्पर्क समितिका महामन्त्री रामजंग कार्की, अन्तर्राष्ट्रिय नेपाली समाज जापानका संयोजक पदम ठगुन्ना, जापान नेपाली एकता समाजका प्रतिनिधी मानवहादुर क्षेत्री, कास्की पोखरा समाजका कार्यवाहक अध्यक्ष विश्व सुवेदी लगायतले आफनो धारणा राख्नुभएको थियो ।

छलफलमा सहभागीहरुलाई नेपाल पत्रकार महासंघ जापानका उपाध्यक्ष पूर्ण चलाउनेले स्वागत तथा सचिव ऋतुकुमार दुराले सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web