भक्तपुर चाँगुनारायण मतगणना रोकेर शिलबन्दी

जेष्ठ ६, २०७४ मा प्रकाशित | 872 views

भक्तपुर ।

भक्तपुरको चाँगुनारायण नगरपालिकामा अर्को निर्णय नभएसम्मका लागि मतगणना स्थगित गर्ने गरी मतगणना स्थलमा शिलबन्दी गरिएको छ ।

आज चाँगुनारायण नगरपालिका–४ को मतगणना सम्पन्न गरेर बिहान ७ बजे मत परिणाम सार्वजनिक गर्ने तयारी गर्दा मतगणना पारदर्शी नभएको भन्दै नेपाली काँग्रेस, राप्रपा र नेमकिपाले विवाद निकालेपछि दिनभर मत परिणाम सार्वजनिक हुन सकेन ।

नेपाली काँग्रेस, नेमकिपा र राप्रपाले मतगणनामा सहभागी कर्मचारी एमाले निकट रहेको र काँग्रेस तथा नेमकिपाको मत पनि एमालेमा गाभेर मतगणना गरेको भन्दै मतपरिणाम सार्वजनिक गर्न एवं मतगणना गर्न नदिएको मतगणना स्थलमा रहनुभएका राप्रपाका प्रतिनिधि राजीव लामिछानेले जानकारी दिनुभयो ।

तीनवटै दलको मतगणना स्थलमा रहेका कर्मचारी परिवर्तन गर्नुपर्ने र पुनः मतगणना गर्नुपर्ने माग राखेर अवरोध गरेको उहाँले बताउनुभयो ।

यता एमालेले भने चाँगुनारायण नगरपालिका–१ र २ मा मतगणना भई काँग्रेसको विजयी हुँदा कुनै विवाद ननिकालेको तर वडा नं ३ र ४ मा एमालेका उम्मेदवार विजयी भएपछि आत्तिएर विरोधमा उत्रिएको बताएको छ ।

दिउँसो काँग्रेस, राप्रपा र नेमकिपाले नाराबाजी गरेपछि मतगणना भइरहेको कोठामा शिलबन्दी गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रमुख जिल्ला अधिकारी पोखरेलले मतगणनामा विवाद निस्किएर मतगणना रोकिए पनि सर्वपक्षीय बैठक बसेर समाधान निकाल्ने प्रयत्न भइरहेको जानकारी दिनुभयो । छलफलबाट निकास निस्किए निर्वाचन आयोगले गर्ने निर्णयअनुसार अगाडि बढ्ने उहाँले बताउनभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web