एजेन्सी ।

२५ प्रतशित बढी ६५ बर्ष उमेरका नागरिक रहेको जापान विश्वमै बढी आयु भएका नागरिकको देशमा दरिएको छ ।

संयुक्त राष्ट्रसंघीय विश्व स्वास्थ्य संगठनले विश्वमा कुन–कुन राष्ट्रका नागरिक दीर्घजीवी छन् भन्ने विषयमा हालै गरेको अनुसन्धानात्मक प्रतिवेदन अनुसार जापान पहिलो, सिंगापुर दोस्रो, स्विट्जरल्यान्ड तेस्रो र अस्ट्रेलिया चौथो स्थानमा रहेको देखिएको छ ।

नागरिकको आयुको औसत लम्बाई मापन सूचीमा अस्ट्रेलिया चौथो स्थानमा उक्लेको हो । यद्यपी अस्ट्रेलियालीको समग्र राष्ट्रिय औसत आयु दर भने विश्वका धेरै मुलुकलाई उछिनेको छ ।

सफासुग्घर र प्रदूषणमुक्त नगरमा बसोबास तथा अत्यन्त न्यून धूम्रपान दरजस्ता तत्त्वहरूले अस्ट्रेलियाको राष्ट्रिय औसत आयु दर बढेको देखाएको छ ।

विश्व स्वास्थ्य संगठनका १ सय ९४ सदस्य राष्ट्रमाझ गरिएको अनुसन्धान र परीक्षणबाट जापान धेरै आयु भएका नागरिकहरुको पहिलो सूचिमा परेको हो ।

पछिल्लो दशक लगातार जनसंख्या बृद्धिद्धरमा ह्रास आउनुका साथै बृद्धबुद्धाहरुका कारण विदेशी कामदारको संख्या बढाउँदै लगेको जापानले बर्षेनि बृद्धबुद्धाहरुको लागि अबौं डलर खर्चने गरेको छ ।

जापानमा ३३ प्रतिशत नागरिक ६० बर्ष उमेर समुहका छन् भने २५.९ प्रतिशत ७० बर्ष पार गरेका छन् । यसैगरि ७५ बर्ष बढी उमेरका झण्डै १३ प्रतिशत नागरिक रहेका छन् ।

21.09¡ÆC