जापानी राजकुमारीद्धारा ‘प्रेमीका निम्ति शाही परिवार त्याग्ने’ घोषणा

जेष्ठ ५, २०७४ मा प्रकाशित | 1209 views

टोकियो ।

जापानी राजकुमारी माकोले आफ्नो प्रेमिकाको लागि शाहि परिवार त्याग्ने घोषणा गरेकी छिन् । राजकुमार फुमिहितोकी जेठी माकोले सर्वसाधारणसँग विवाह गर्ने भन्दै शाही हैसियत त्याग गर्ने बताएकी हुन् ।

सम्राट अकिहितोकी २५ वर्षीया जेठी नातिनीले सँगै अध्ययन गर्दा ताका भेटेकी २५ वर्षकै केइ कोमुरोसँग सम्बन्ध जोड्ने निर्णय गरेकी छिन् ।

जापानको शाही कानुन बमोजिम सर्वसाधारणसँग विवाह गरे राजकुमारीले शाही परिवार त्याग्नु पर्ने नियम रहेको छ ।

जापानी सञ्चार माध्यमहरुका अनुसार राजकुमारीको यो कदमले सानो बन्दै गएको जापानको राजपरिवारबारे अब थप बहस हुने देखिएको छ ।

राजकुमारी माको र केइ कोमुरोको भेट सन् २०१२ ताका उनीहरुले टोक्योस्थित इन्टरनेशनल क्रिश्चियन युनिभर्सिटिमा पढ्ने समयमा भएको बताइएको छ ।

विवाह योजनाबारे सोध्दा बुधबार कोमुरोले अहिले त्यसबारे आफूले टिप्पणी गर्न नमिल्ने भन्दै सही समयमा बोल्ने बताएका छन् ।

जापानी सञ्चार माध्यमहरुले भने राजकुमारी माकोले यसै बर्ष बिहे गर्ने भएको बताएका छन् । जापानको राजपरिवार इम्पेरियल हाउसहोल्डले भने राजकुमारीको बिहेपूर्व ुइन्गेजमेन्टुको तयारी भइरहेको खुलासा गरेको छ ।

राजकुमारी माको राजकुमार फुमिहितोकी जेठी छोरी हुन् । राजकुमारी माकोले राजपरिवार त्याग्ने घोषणा गरेपछि यसैपनि १८ सदस्यीय रहेको जापानी राजपरिवारको सदस्यसंख्या थप खुम्चिने देखिएको छ ।

स्मरणीय छ जापानी सम्राट अकिहितोले बढ्दो उमेरका कारण आफ्नो भूमिका निर्वाह गर्न कठिन हुने भन्दै गद्दीत्याग गर्न चाहेको संकेत केही अघि गरी सकेका छन् ।

८३ बर्षीय सम्राट अकिहितोले गत अगस्ट महिनामा अब आफ्नो उमेरले नियमित कार्यभार सम्हाल्न अप्ठ्यारो पर्न सक्ने भन्दै गद्दीत्यागको संकेत गरेका थिए ।

सम्राटले गद्दीत्याग गर्न चाहेपछि कानुनी बाटो खोल्ने गरि जापनी कानुन परिमार्जनबारे हाल जापानमा छलफल भइरहेको छ ।

क्रिसान्थेमम राजसिंहासन भनिने जापानको गद्दीका निम्ति अहिले चार उत्तराधिकारी छन्स् अकिहितोका छोराहरु युवराज नारुहितो र राजकुमार फुमिहितो, अनि राजकुमार फुमिहितोका छोरा राजकुमार हिसाहितो तथा सम्राटका कान्छा भाइ राजकुमार मासाहितो रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web