डिआइजी नवराज सिलवालको मुद्दा ७ जना न्यायाधिशले फैसला गर्दै

जेष्ठ ४, २०७४ मा प्रकाशित | 996 views

काठमाडौं ।

बरिष्ठता आधारमा पहिलो नम्वरमा रहेपनि काँग्रेस सभापती शेरबहादुर देउवाका कारण प्रहरी महानिरिक्षक नियुक्ती हुनबाट बञ्चित भएका डीआइजी नवराज सिलवालको मुद्दाको फैसला आज हुने भएको छ ।

प्रधानन्यायाधीश सुशीला कार्कीले सिलवालको मुद्दाको सुनुवाइ गर्न ७ न्यायाधीशको ‘वृहत पूर्ण इजलास’ तोक्दै फैसलाको जिम्मेवारी दिनुभएको हो ।

वृहत पूर्ण इजलासमा ७ न्यायाधीशहरु देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्र शमसेर जबरा, जगदीश शर्मा पौडेल, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, सपना प्रधान मल्ल र तेजबहादुर केसीले सिलवालको मुद्दाको छिनोफानो गर्नेछन् ।

विहीबारको यो इजलासले सिलवालद्वारा दायर गरिएको रिटका साथै आइजीपी प्रकाश अर्यालले सिलवालविरुद्ध दायर गरेको रिटमाथि समेत एकैसाथ राखेर सुनुवाइ गर्नेभएको छ ।

आइजीपी नियुक्तिमा अन्याय भएको भन्दै सिलवालले मन्त्रिपरिषदविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । यसअघि वैशाख १९ गते अन्तिम सुनुवाइ हुने भनिएकोमा त्यसको दुई दिनअघि नै प्रधान्यायाधीशमाथि काँग्रेस र माओवादी केन्द्रले प्रतिशोधपूर्ण तरिकाले महाअभियोग प्रस्ताव दर्ता भएपछि यो मुद्दा प्रभावित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web