काठमाडौं ।

निर्वाचन आयोगले तोकिएको जिम्मेवारी पूरा गर्न अटेर गर्ने ७ जना कर्मचारीलाई कारबाही गर्ने निर्णय गरेको छ ।

निर्वाचन आयोगले स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि खटाइएका कर्मचारीले आयोगले दिएको नियुक्तिपत्र समेत नलिई गैरजिम्मेवार व्यवहार गरेको जनाउदै ७ जना उपसचिवलाई कारबाही गर्ने निर्णय गरेको हो ।

आयोगले अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समिति गुहेश्वरीका जीवनराम पुरी, महालेखा नियन्त्रक कार्यालयका काशिनाथ भट्टराई, राष्ट्रपति कार्यालयका प्रल्हादप्रसाद पुडासैनी, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका खेमप्रसाद उपाध्याय, पुष्पलाल मध्य पहाडी लोकमार्ग आयोजनाका शिवराम भट्टराई, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका राजेन्द्र घिमिरे र नारायणहिटी दरवार संग्रहालयका रोहितकुमार ढुङ्गाना सहितका उपसचिवलाई सचेत गराउन सम्बन्धीत निकायलाई निर्देशन दिएको हो ।

ती उपसचिवलाई सचेत गराई १५ दिनभित्र त्यसको जानकारी आयोगलाई उपलब्ध गराउन निर्देशन दिइएको निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

आयोगले दिएको निर्वाचन सम्बन्धी जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्ने कर्मचारीको दक्षता, इमानदारिता तथा कार्यसम्पादन क्षमताप्रति गौरव महसुश गर्दै उहाँहरुलाई धन्यवाद ज्ञापन समेत गरेको छ ।

20.87¡ÆC