टोकियो ।

६० हजार बढी नेपालीहरु रहेको जापानमा पछिल्लो समय कालगतीले भन्दा दुर्घटना र आत्महत्याका कारण मृत्यु हुने नेपालीसंख्या बढिरहँदा हप्तादिन नबित्दै अर्का एक युवाले आत्महत्या गरेका छन् ।

हप्तादिन अघि मात्र पोखरा रामबजारका मुकेश थापाले आत्महत्या गरेकोमा आज फेरी पोखरा घर भएका अर्जुन नेपालीले आत्महत्या गरेका छन् ।

चार बर्षअघि अध्ययनका लागि आएका पोखरा चाउथेका अर्जुनले में १४ मा जापानको चिवा केन इचिकावा सी स्थित आफ्नै कोठामा आत्महत्या गरेको सार्वजनिक भएको छ ।

पारिवारिक अवस्था कमज़ोर रहेको र जापानमै अन्तिम संस्कार गर्न खर्च अभाव भएपछि नेपालीको दाहसंस्कारको लागि आर्थिक संकलन थालिएको छ ।

जापान आउँदाको ऋण समेत तिरि नसकेको बताइएका उनी केही समय यता मानसिक तनावमा रहेको र त्यही कारण आत्महत्या गरिएको ठानिएको नजिकका साथिहरुले बताएका छन् ।

मृतक अर्जुन नेपालिको अन्तिम संस्कार गरिदिनको लागि एनआर एन जापान कान्तोका संयोजक प्रकाश थापाको सयोजकत्वमा दाहस्सकार सहयोग समिति समेत गठन गरिएको छ ।

समितिले सहयोग रकम संकलन शुरु गरि आवस्यक रकम संकलन गर्न थालेको छ ।

समितिमा कास्कि पोखरा समाज जापानका कावा अध्यक्ष विश्व सुबेदी, एनआरएन कान्तोका सचिव नवीन न्युउरे, विशाल कार्कि रहेका छन् ।

सहयोगको लागी :

NRNA JP bank Account Number: 10010-4228121

थप जानकारीको लागी

Visal Karki

Mobile No:080-4063-2020

Prakash Thapa (Nrna Kanto)

Mobile No:090 -9381-4014

Nabin Neure(Nrna Kanto)

Mobile No: 080-4145-9955

Biswo Subedi

Mobile No:090-9328-5018

जापानमा नेपाली विद्यार्थीद्धारा पार्कमा झुण्डिएर आत्महत्या

जापानमा नेपालीको स्वास्थ्य ! अध्ययनले देखायो टीबी र गर्भपतन गम्भिर, चुरोट र मदिरा बढ्दो

17.2¡ÆC