आधा दर्जन काँग्रेस नेता र सांसद भएको नुवाकोटमा एमाले, माओवादी केन्द्र अगाडी

जेष्ठ २, २०७४ मा प्रकाशित | 2668 views

बिदुर ।

नुवाकोट जिल्लाको तीनै निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसका सांसद छन् । अनि समानुपातिक सहित आधा दर्जन सांसद भएको नुवाकोटमा स्थानिय निर्वाचनमा भने नेकपा एमाले र माओवादी केन्द्र अगाडी देखिएका छन् ।

स्थानिय नेतृत्व र लोकप्रिय छवि भएका भन्दा काँग्रेस नेता द्धय अर्जुन नरसिंह केसी र रामशरण महतको हानाथापमा चुनिएका नेतृत्वकै कारण नुवाकोटमा काँग्रेस नमिठो हार व्यहोर्ने अवस्थामा पुगेको भन्दै काँग्रेसकै जिल्लास्तरीय युवा नेताहरुले असन्तुष्टि व्यक्त गर्न थालेका छन् ।

मत गणनाको सुरुवातमै पछाडी पर्नु र संभाव्य हारको अवस्था देखिरहँदा मत परिणामका ताजा विवरणहरु समेत एमाले र माओवादी केन्द्रको पक्षमा देखिन थालेको छ ।

१० गाउँपालिका र २ नगरपालिका र त्यस अन्र्तगतका वडाहरु नेकपा एमालेको अग्रता बढी देखिएको छ ।

अहिलेसम्मको मत परिणम अनुसार गाउँपालिका र नगरपालिकाको वडाहरु पदाधिकारीहरुमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले बरावरी २६ सिट प्राप्त गरेको । जसमा नेपाली काँग्रेसले अहिलेसम्म २१ सिट मात्रै ल्याउन सकेको छ ।

४ सय ६४ जना जन निर्वाचीतहुनेमा मनोनयन पत्र दर्ता हुँदा नै बेल्कोटगढी नगरपालिकामा एक जनाा दलित महिला सदस्य निर्विरोध निर्वाचत भइसकेकी छिन् । अहिलेसम्म ७३ जना निर्वाचित भइसकेका छन् ।

अब नुवाकोटमा नगरपालिका÷गाउँपालिका प्रमुख देखि वडा सदस्यहरु सम्म गरी ३ सय ९० पदको नजिता सार्वजनिक हुन बाँकी रहेको छ ।

अहिलेसम्म जारी भएको मत परिणाम अनुसार नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले बरोवरी सिट जितेको छ । तर एमालेले लिइरहेको अग्रता सार्वजनिक भएसंगै अन्य पार्टीहरु पछाडी पर्ने देखिएकोछ  ।

अहिलेसम्म नेपाली काँग्रेसले वडा अध्यक्ष देखि सदस्यसम्ममा २१ पद जितेको छ । जसमा विदुर नगरपालिका वडा नंं १ मा सदस्य, दुप्चेश्वर गाउँपालिकाको वडा नंं १ मा प्यानलनै, तादी गाउँ पालिका वडा नं १ मा प्यानल पाएको छ ।

त्यस्तै नेपाली काँग्रेसले तारकेश्वर गाउँपालिकाको वडा नंं ६ मा अध्यक्ष, मेघाङ्ग गाउँपालिकाको वडा नं २ मा अध्यक्ष र महिला सदस्य जितेको छ । काँग्रेसले विदुर नगरपालिका वडा नंं २ मा अध्यक्ष, विदुर नगरपालिका वडा नंं ३ मा प्यानलनै र लिखु गाउँपालिकाको वडा नंं १ को अध्यक्ष जितेको छ ।

नेकपा एमालेले भने नुवाकोट जिल्लामा २६ पदमा जित हात पारेको छ ।

जसमा विदुर नगरपालिकाको वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र खुल्ला एक सदस्यमा एमालेले जितेको हो ।

त्यस्तै मेघाङ्ग गाउँपालिका वडा नंं १ मा एमालेको प्यानल नै विजयी भएको छ । मेघाङ्ग गाउँपालिकाकै वडा नं। २ मा दलित महिला सदस्य र दुई खुल्ला सदस्य पनि एमालेले जितेको छ । यस्तै बेल्कोटगढी नगरपालिका वडा नं २ मा एमालेको प्यानलनै विजयी भएको छ । विदुर नगरपालिका वडा नं २ मा महिला सदस्य, दलित महिला सदस्य र दुई जना खुल्ला सदस्य पनि एमालेले नै जितेको छ ।

त्यस्तै तारकेश्वर गाउँपालिका वडा नं ५ मा एमालेको स्वानलै विजयी भएको खबर प्राप्त भएको छ ।

यसै गरी नेकपा माओवादी केन्द्रले नुवाकोट जिल्लामा तादी गाउँपालिका वडा नं २ मा प्यानलनै बिजयी भएर सुरुवात गरेको छ । माओवादी केन्द्रले २६ वटा पद जितेको छ ।

जसमा तादी गाउँपालिका वडा नं २ मा प्यानल, पञ्चकन्या गाउँपालिका वडा नंं १ मा प्यानल, सुर्यगढी गाउँपालिका वडा नंं १ मा प्यानल, दुप्चेश्वर गाउँपालिका वडा नंं २ मा प्यानल र किस्पाङ्ग गाउँपालिका वडा नंं १ मा प्यानल र किस्पाङ्ग गाउँपालिका वडा नंं ६ मा एउटा सदस्य पद जितेको छ ।

विदुर नगरपालिकाको विदुरमा, बेल्कोटगढी नगरपालिकाको बाघखोरमा मतगणना भइरहेको छ । त्यस्तै अन्य सम्वन्धित गाउँपालिकाको केन्द्रमा मतगणना भइरहेको छ ।

गाउँपालिका प्रमुख र उप प्रमुखमा विजयी हुनेको नाम छिट्टोमा भोली साझ सम्ममा मात्रै मतपरिणाम सार्वजनिक हुने देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web