काठमाडौं ।

काठमाडौं महानगरपालिकाको मतगणना सोमबार दिउँसो २ बजे सुरु गरियो । साँझ ९ बजेसम्म ९७ घण्टामा० जम्मा २ सय मत गनियो । एउटा मत गन्न सरदर २।१ मिनेट लाग्यो ।

यही गतिमा काम अघि बढ्ने हो भने १ लाख ९० हजार मत गनिसक्न ठ्याक्कै ६ हजार ६ सय ५० घण्टा लाग्नेछ । अर्थात् २४ सै घण्टा निरन्तर गन्दा २ सय ७७ दिन खर्चिनुपर्नेछ । त्यो भनेको ९ महिना ७ दिन हो ।

संसारभरिका नेपाली जति छिटो–छिटो मतगणना होस् भनेर आतुर देखिएका छन्, गणना भने ठीक उल्टो अति सुस्त भइरहेको छ । यसलाई निर्वाचन आयोगले मतपत्रको जटिलता र धेरै उम्मेदवार रहनुलाई कारण देखाएको छ ।

काठमाडौं महानगरलाई नै उदाहरणका रूपमा लिने हो भने यहाँको मतपत्रमा ३ सय ७४ फरक चिह्न छन् । मतदातालाई चाहेको ठाउँमा मत हाल्न चिह्न भेट्न जति गाह्रो परेको थियो, गणनामा त्यही अवस्था दोहोरिएको छ । एउटै मतपत्रबाट प्रमुखरउपप्रमुखसहित ७ स्थानको मत निक्र्योल गर्न समय लागिरहेको छ ।

मतगणनास्थलमा रहेका सबै दल र उम्मेदवारका प्रतिनिधिमध्ये कसैले राम्ररी नदेखे मतदान अधिकृतहरूले नजिक लगेर राम्ररी देखाउनुपर्छ । ‘एउटा मतपत्र गन्न कम्तीमा दुई मिनेट लाग्दोरहेछ,’ गणनामा बसेका एक पार्टीका प्रतिनिधिले भने, ‘वडा–वडाको छुट्टाछुट्टै गणना नगर्ने हो भने सक्न महिनौं लाग्छ ।’

अधिकांश नगरपालिकारगाउँपालिकाले सबै वडाको मतपेटिका एकै ठाउँमा भेला पारेर एक–एक वडाको गर्दै गणना गरिरहेका छन् । ढिलाइ हुनुको प्रमुख कारण यही हो । सामाजिक सञ्जालहरूमा यसको तीव्र आलोचना भइरहेको छ ।

अधिकांश सर्वसाधारणले जनशक्तिको अभाव वा अन्य के कारण हुन सक्छ भन्दै प्रश्न गरिरहेका छन् । आयोगले जनशक्ति अभावलाई पनि अस्वीकार गरेको छ । राजनीतिक दलहरूले पनि ढिलाइप्रति गुनासो गरिरहेका छन् ।

कान्तिपुर दैनिकमा जगदीश्वर पाण्डेले समाचार लेखेका छन्।

16.6¡ÆC