धादिङको नेत्रावतीमा माओवादी केन्द्र र थाक्रेमा कांग्रेस बिजयी, एमाले दोस्रो

जेष्ठ १, २०७४ मा प्रकाशित | 1029 views

धादिङ ।

निलकण्ठ नगरपालिका बाहेक धादिङको सबै स्थानीय तहको मत गणना सुरु भएको छ । राती देखि नै मत गणना सुरु गरेका गाउँपालिकाहरुबाट मत परिणाम पनि आउन थालेका छन् ।

नेत्रावती गाउँपालिकाको वडा नं. १ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार चन्द्र बहादुर पल्ली विजयी भएका छन् । पल्लीले ३ सय ७७ मत ल्याएर विजयी भएका हुन् । प्रतिदन्दी एमालेका उत्तम अधिकारीले ३ सय १५ मत ल्याएका छन् ।

थाक्रे गाउँपालिका वडा नं. १ मा नेपाली काँग्रेसका उम्मेदवार इन्द्रबहादुर थापा विजयी भएका छन् ।

थापाले ४ सय ८५ मत र एमालेकोे ४ सय ५५ मत प्राप्त गरेका छन् । यस वडामा कांग्रेस माओवादी केन्द्रबीच तालमेल थियो । थाक्रे गाउँपालिकामा अहिलेसम्म प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस अगाडि लागेको छ ।

धुनिबेसी नगरपालिकामा एक हजार ३ सय ५० मत गनिएको छ । १, २ र ३ वडाको मतगणनामा १ र २ मा एमाले ३ वडामा कांग्रेस अगाडि छ । निलकण्ठ नगरपालिकामा भने सर्वदलीय बैठक बस्न नसक्दा मत गणना सुरु हुन सकेको छैन ।

जिल्लामा २ नगरपालिका र ११ वटा गाउँपालिका सहित १३ वटा स्थानीय तहमा १०४ वडाहरु छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web