तनहुँ ।

नेपाली चलचित्र तथा रंगमञ्चका कलाकार बिक्रम परियारको हत्या भएको छ ।

स्थायी घर तनहुँको व्यास नगरपालिका, वडा १ तल्लो भादगाउँमा स्थानिय तह निर्वाचनमा मतदान गरेर घुम्न निस्केका परियारको अज्ञात समुहले ढुंगाले हानेर विभत्स हत्या गरेको भेटिएको छ ।

काठमाण्डौंमा बसेर कलाकारिता गर्दै आइरहेका उनी स्थानिय चुनावमा भोट हाल्न घर गएका थिए । भोट खसालेर घर नजिकै साथीसँग घुम्न निस्किएका बेला केहि व्यक्तिहरुको समुहले आक्रमण गरी उनको हत्या भएको हो ।

आक्रमणकारीको पहिचान भएको छैन । स्थानिय प्रशासनले हत्यामा संलग्न भएको आशंकामा सोधपुछको लागि दुई महिलालाई नियन्त्रणमा लिएको बताईएको छ । हाल उनको शव दमौली अस्पतालको शवगृहमा छ ।

परियारका एक श्रीमती, १४ बर्षका एक छोरा र ९ बर्षकी छोरी छन् । उनले चलचित्र ‘बधशाला’ पनि अभिनय गरेका छन् । उनले बिशेष गरी रेडियो नाटकमा आफुलाई संलग्न गराउँदै आएका थिए ।

24.19¡ÆC