श्रीलंका ।

राष्ट्रपति बिधादेबी भण्डारीले बुद्धको सन्देश बिश्वकैलागि शान्ति सुत्रका रुपमा रहेको बताउनुभएको छ ।

श्रीलंकाको क्यान्डीमा आयोजित बुद्ध पूर्णिमा यू एन बैशाख दिबसको समापन समारोहलाई आज मुख्य अतिथीको रुपमा संबोधन गर्नुहुंदै राष्ट्रपति भण्डारीले श्रीलंका र नेपाल दुबै देश द्बन्दको मारबाट गुज्रेको उल्लेख गर्दै सशस्त्र बलभन्दा शान्ति र मेलमिलापबाट देशलाई राम्रो हुने दुबै देशमा दखिएको बताउनुभयो ।

राष्ट्रपति भण्डारीले बुद्धका अनुयाई धेरै रहेका श्रीलंका नेपालबीच सिधा हबाई उडान सम्पर्क गरिनु जरुरी भएको बताउनुभयो ।

उहांले लुम्बिनीको भ्रमणकालागि त्यस अबसरमा सहभागीहरुलाई आग्रह पनि गर्नुभयो ।

कार्यक्रममा श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले बुद्दका सन्देश सबैकालागि अनुकरणीय भएको र सम्मेलन त्यस्तो सन्देश प्रबाह गर्न सफल भएको बताउनुभयो ।

सम्मेलन बैशाख २९ गते सुरु भएको थियो भने बिश्वका बिभिन्न ७२ देशबाट सहभागिता रहेको थियो ।

राष्ट्रपति भण्डारीले यसअघि आजै बुद्धको पबित्र दांत अबशेष रहेको श्रीलंकाको क्याण्डीस्थित दालदा मालिगबा मंदिरको भ्रमण गर्नुभएको थियो

त्यस अघि राष्ट्रपति भण्डारीले आजै क्याण्डीस्ेिथत बोटनिकल गार्डेनमा बृक्षारोपण पनि गर्नुभएको थियो।

यसैगरी यस अघि राष्ट्रपति भण्डारीले आजै बिहान उहांका समकक्षी श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनासंग श्रीलंकाको कोलम्बोमा शिष्टाचार भेटबार्ता गर्नुभएको थियो ।

केलम्बोस्थित होटेल हिल्टनको बिशिष्ट कक्षमा भएको भेटबार्तामा उहांहरुबीच नेपाल श्रीलंका बीचको मैत्रीपूर्ण सम्बन्ध,,दुई देशबीच पर्यटन प्रबर्धन लगायत द्बिपक्षिय हितका बिषयमा कुराकानी भएको श्रीलंकास्थित नेपाली दूतनबासले जनाएको छ ।

श्रीलंकाको भ्रमणमा रहनुभएकी राष्ट्रपति भण्डारी श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनासंगको भेटपछि आजै क्याण्डी शहर आउनुभएको हो।

राष्टपति आज क्याण्डीमै बस्नुहुनेछ भने भोली बिहान पुन कोलम्बो जानुहुनेछ ।

उहांको जेठ २ गते स्बदेश फर्कने कार्यक्रम छ ।

15.18¡ÆC