स्थानिय चुनावको पहिलो चरणमा ७१ प्रतिशत मतदान, तीन स्थानमा स्थगित (विस्तृत विवरण)

बैशाख ३१, २०७४ मा प्रकाशित | 906 views

काठमाडौं ।

झण्डै २० बर्षपछि भएको पहिलो चरणको स्थानीय तह निर्वाचनमा औषतमा ७१ प्रतिशत मतदान भएको छ ।

३४ जिल्लाका ३९२१ मतदान स्थलमा भएको मतदानका क्रममा झडप हुँदा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ भने तीन स्थानमा मतदान स्थगित हुन पुगेको छ ।

दोलखा, काभ्रे र कोलिकोट गरी तीन स्थानमा मतदान स्थगित भएको हो ।

दोलखाको मेलुङ गाउँपालिकाको सत्येश्वरमा बुथ कब्जा गर्न खोज्ने र प्रहरीबीच झडप हुँदा सुरक्षाकर्मीको गोलीबाट एक जनाको मृत्यु भएको छ । घटनापछि त्यहाँको मतदान स्थगित भएको छ ।

काभ्रेको नमोबुद्ध नगरपालिका ४ वेथिनकोट मतदान केन्द्रमा मतदान नै सुरु हुन सकेन । शनिबार गोली लागेर एक जनाको मृत्यु भएपछि त्यहाँ मतदान हुन नसकेको हो ।

यस्तै कालिका गाउँपालिका बालाचौर आधारभूत विद्यालयमा रहेको मतदान स्थलको पनि मतदान स्थगित भएको छ । मतपेटिका लुट्न आएको समूह र सुरक्षाकर्मीबीच झडप भएपछि मतदान स्थगित गरिएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

अधिकाशं स्थानमा बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेपछि सकिएको थियो । प्रदेश नम्बर ३, ४ र ६ का ३८३ स्थानीय तह मध्ये २८१ मा भएको निर्वाचनमा भएको थियो ।

मतदान सकिएलगतै आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त अयोधीप्रसाद यादवले निर्वाचनमा जनसहभागिता उत्साहजनक रहेको भन्दै आयोगले दिएको विवरण अनुसार देशभरका ३४ जिल्लामा खसेको मतप्रतिशत यस्तो छ ।

२०७४ साल बैषाख ३१ भएकाे पहिलाे चरण काे स्थानीय निर्वाचनमा खसेको मत प्रतिशत ।

१. दोलखा – ६२ %

२. रामेछाप -५४%

३. सिन्धुली -६४%

४. काभ्रेपलान्चोक -६०%

५. सिन्धुपाल्चोक -७०%

६. रसुवा -७०%

७. नुवाकोट -७०%

८. धादिङ- ५९%

९. चितवन -६५%

१०. मकवानपुर -७०%

११. भक्तपुर -६५%

१२. ललितपुर -६४%

१३. काठमाडौ -६५%

१४. गोर्खा -६०%

१५. जाजरकोट -६०%

१६. लमजुङ -५८%

१७. तनहुँ -६६%

१८. कास्की -६५%

१९. मनाङ -६५%

२०. मुस्ताङ -७४%

२१. पर्वत -५२%

२२. स्याङ्जा -६५%

२३. म्याग्दि -४९%

२४. बाग्लुङ – ५६%

२५. नवलपरासी – ६१%

२६. सल्यान -५५%

२७. डोल्पा -७५%

२८. जुम्ला-५१%

२९. मुगु -६०%

३०. हुम्ला- ६५%

३१. कालिकोट -६०%

३२. दैलेख – ६२%

३३. सुर्खेत- ५९%

३४. रुकुम – ६०%

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web