काठमाडौं ।

देशका ३४ जिल्लामा आज भइरहेको स्थानीय तह निर्वाचनको मतगणना आज साँझबाटै सुरु गरिने भएको छ ।

निर्वाचन आयोगले जिल्ला स्थित निर्वाचन अधिकृतको कार्यालयलाई मतपेटीका प्राप्त भएका मतदान केन्द्रका मतगणनाहरु साँझबाटै सुरु गर्न निर्देशन दिएको छ ।

आयोगले मतगणना स्थलमा गर्न हुने नहुने ११ नियम जारी गर्दै मतदान सकिएपछि मुचुल्का गरेर मतपेटिका स्थानीय तहको केन्द्रमा लगिने र लगत्तै मतगणना सुरु हुने बताएको छ ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार आजै रातिदेखि सम्भव हुने गाउँपालिका र नगरपालिकाको मत गणना थालिने भएको छ ।

काठमाडौं महानगरपालिकाको पनि आजै बेलुकाबाट मतगणना सुरु हुने भएको छ ।

निर्वाचन आयोगले मतगणनाका लागि ११ बुँदे निर्देशन जारी गरेको छ । जसअनुसार वडाको मतगणना सकिएपछि वडाध्यक्ष, महिला सदस्य, दलिक्ष्त सदस्य र खुला सदस्यको परिणाम सार्वजनिक गर्ने र अर्को वडाको गणना सुरु हुनेछ ।

मतगणना स्थलमा तोकिएका व्यक्ति बाहेकले मोबाइल फोन बोक्न नपाइने, मतपत्रमा सिसाकलम बाहेक जुन सुकै कलमको सहि मतदान अधिकृतले भएको भएपनि मान्यता दिने निर्वाचन आयोगले जनाएको छ ।

यसैगरि कुनै एक वडाको मतगणना सुरु गर्दा त्यसको सुरु गरेपछि मात्र अर्को वडाको सुरु गर्ने । मतपत्र च्यातिएको पाइएमा मतपत्रबाट टुक्रा नछुट्टीएमा मान्यता दिने लगायतका ११ बुँदे निर्देशन आयोगले जारी गरेको छ ।

20.87¡ÆC