जापानमा नेपालीको स्वास्थ्य ! अध्ययनले देखायो टीबी र गर्भपतन गम्भिर, चुरोट र मदिरा बढ्दो

बैशाख ३०, २०७४ मा प्रकाशित | 4756 views

गोकर्ण अधिकारी-टोकियो ।

जापानमा रहेका नेपाली भाषाकै कारण स्वास्थ्य सेवा पहुँचबाट बञ्चित तथा विस्तृत जानकारीकै कारण समस्यामा पर्ने गरेको पाइएको छ ।

जापानवासी नेपालीहरुको स्वास्थ्य सेवा पहुच र स्थितिको बारेमा गरिएको एक अध्ययनले नेपालीहरुको स्वास्थ्य समस्या पहुचको समस्या औंल्याएको छ ।

जापानमा रहेका ३ सय ५३ नेपालीहरुमाथि गरिएको नमुना सर्वेक्षण अध्ययनले जापानमा रहेका नेपालीहरुले भाषा अभावमा गर्भपतन गराउने घातक औषधि देखी सामान्य ज्वरो र ठूला रोगका औषधि समेत नेपालबाट ल्याएर हचुवाका भरमा सेवन गर्ने गरेको देखाएको छ ।

जापानमा एक बर्षभित्र भएका नेपालीहरुको निधनबारेमा प्राप्त विवरणहरु अध्ययन सहित विभिन्न पाँच विधि अपनाएर गरिएको अध्ययनमा शरणार्थीका रुपमा रहेका नेपालीहरुले समेत सहभागीता जनाएको अध्ययन प्रतिवेदन सार्वजनिकका क्रममा समिति संयोजक डा. विजय ज्ञवालीले जानकारी दिनुभयो ।

टोकियो युनिभर्सीटिबाट विद्यावारिधि गरेका प्रकाश शाक्य विषय विज्ञका रुपमा सहभागीता जनाएको समितिले बुझाएको प्रतिवेदनमा प्रस्तुत मुख्य बुँदाहरु यस्ता छन्

१. नमुना सर्बे क्षणमा सहभागि ३५३ मध्ये ५ प्रतिशत नेपालीहरुसँग स्वास्थ्य बिमा छैन । जसमा स्वास्थ्य बिमा भएर पनि २८ प्रतिशत नेपालीहरुले शुल्क नतिरेको ।

३. जापान आएर २० प्रतिशत नेपालीहरु एकपटक पनि अस्पताल नगएको ।

४. सहभागि मध्ये स्वास्थ्य समस्या आउँदा २० प्रतिशत नेपालीहरु अस्पताल नजाने, ७ प्रतिशत नेपालीहरु घरमै आराम  गरेर रोग निको हुने बताएको ।

५. २३ प्रतिशत नेपालीहरुले स्वास्थ्य समस्याहरु आउँदा सहयोग गर्ने व्यक्ति नभएको ।

६. जापान आएपछि करिव १० प्रतिशत नेपालीहरुले मदिरा सेवन रक्सि पिउन थालेको ।

७. नेपालबाट आएपछि सुर्ती तथा चुरोट पिउनेसंख्या ४ प्रतिशत बढेको ।

८. ४४ प्रतिशत नेपालीहरुलाई स्वास्थ्य परिक्षण गर्न जाँदा भाषा अनुवादक आवश्यक ।

सुझावहरु

१. नेपाली राजदूतावास, एनआरएन जापान र संघसंस्थाको अगुवाईमा जापानका विभिन्न अस्पतालमा भाषा अनुवादक उपलब्ध गराउन सहयोग गर्ने ।

२. जापानमा क्रियाशिल संस्थाहरुसँगको सहकार्यमा स्वास्थ्य सेवा भाषा अनुवादकको व्यवस्था गर्न तालिमको व्यवस्था र सहयोग ।

३. स्वास्थ्य चेतनामूलक कार्यक्रम गरेर बिमा र यसको महत्व बुझाउने ।

४. जापानी भाषा विद्यालयहरुले विद्यार्थीहरुको नियमीत स्वास्थ्य परिक्षण नगर्ने गरेको । बार्षिक न्यूनतम एक पटक स्वास्थ्य परिक्षण गराउनुपर्ने नियम रहेपनि लागु नभएको छ ।

५. जापानी कम्पनी सहित नेपाली रेष्टुरेण्ट तथा कम्पनीहरुले पनि स्वास्थ्य परिक्षण नगराउने गरेको । अनिवार्य रुपमा भिषा नविकरण गर्दा तथा बार्षिक रुपमा स्वास्थ्य   परिक्षणको लागि विभिन्न विधि अपनाउन पहल गर्न सुझाव ।

६. नेपालबाट औषधि ल्याएर सेवन गर्ने क्रममा सामान्य औषधि देखी, गर्भपतन सम्मको औषधि समेत नेपालबाट ल्याएर बेच्ने गरेको फेला । यो अत्यन्त संवेदनशिल देखिएको साथै गम्भिर समस्या रहेको र यसले कहिलेकाहीं अत्यन्त अप्रिय घटना समेत निम्त्याउन सक्ने देखिएकाले अनुसन्धानको आवश्यकता ।

७. धुम्रपान र मध्यपानको संख्या बढ्दो । जापान आएपछि युवाहरुले मदिरा सेवन र धुम्रपान सेवन गर्ने क्रमबढेको पाइएको । यसको लागि आत्महत्या रोकथाम क्याम्पियन बारेको जस्तै मद्यपान, धुम्रपानबारे स्वास्थ्य जागरण आवश्यक ।

८. जापानमा रहेका निजि संघसंस्थाहरुको काम कारवाही प्रभावकारी नभएको अधिकाशंको धारणा । अध्ययनमा सहभागी २०१ जना अर्थात्  ६० प्रतिशत नेपालीहरुको जापानमा रहेका संघसंस्थाले राम्रो काम नगरको भनाई ।

९. मानसिक स्वास्थ्य सम्बन्धी समस्याका कारण अस्पताल नगएर औषधि सेवन नगरेका कारण सामान्य कारण समेत आत्महत्याका घटना ।

यसैगरि अस्पष्ट प्रेम सम्वन्ध, पारिवारिक समस्या, आर्थिक कारण, बेरोजगारी र मदिरा सेवनका कारण जापानमा रहेका नेपालीहरुमा पछिल्लो समय मानसिक समस्या देखिन थालेको पाइएको छ ।

सामान्य रुपमा औषधि सेवन गरेमा निको हुने भएपनि जापानमा लगभग    टिवि अर्थात् क्षयरोग अन्त्य भएको भएपनि आप्रवासि नेपाली, भियतनामी, चिनियाँ लगायत विभिन्न देशका प्रवासिका कारण जापानमा यसको समस्या देखिन थालेको र कतिपयन क्षयरोग सरुवा समेत हुने भएकाले यसमा सचेत रहन र स्वास्थ्य परिक्षण गर्न आग्रह गरिएको छ ।

अध्ययन प्रतिवेदन बुझाउँदै समिति संयोजक रहनु भएका डा। विजय ज्ञवाली तथा डा। प्रकाश शाक्यले प्रतिवेदनलाई दराजमा थन्क्याएर राख्ने काम मात्र गर्न नहुने भन्दै दिइएका सुझाव अनुसार काम गर्न नेपाली राजदूतावास जापान र गैर आवासिय नेपाली संघ एनआरएन सहित सबै नेपाली संघसंस्थाहरुलाई अनुरोध र सुझाव दिए ।

प्रतिवेदन बुझेपछि एनआरएन जापान अध्यक्ष सुदन थापाले प्रतिवेदन बुझ्दै यसको कार्यान्वयनको लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले नेपालीहरुको समस्या समाधानको लागि संस्थाले पहल गरिरहेको र अबपनि मिलेर काम गर्न तयार रहेको भन्दै सबै संघसंस्थाको जिम्मेवारी भएकाले सबैको साथको अपेक्षा गरेको धारणा व्यक्त गरे ।

अध्ययन समितिमा संयोजकमा डा. विजय ज्ञवाली, डा. सन्दिप शाक्य, डा. प्रकाश शाक्य, डा. दिपेन्द्र गौतम, डा. लक्ष्मि कुमार पराजुली रहनुभएको थियो ।

यसैगरि एनआरएनको तर्फबाट उपाध्यक्ष टाशी लामा, सचिव बुद्धि घिमिरे, संघसंस्थाको तर्फबाट बाँके बर्दिया मैत्री समाजका अध्यक्ष जनक विक्रम शाही र पत्रकार आनन्द कोइराला सदस्य रहेका थिए ।

सल्लाहकारमा नेपाली राजदूतावास जापानका कार्यबाहक राजदूत कृष्णचन्द्र अर्याल, गैर आवासिय नेपाली संघ एनआरएनका आइसिसि उपाध्यक्ष भवन भट्ट, एनआरएन जापानका अध्यक्ष सुदन थापा र सल्लाहकार जिज्ञानकुमार थापा रहनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web