राष्ट्रपति भण्डारी थाईल्याण्डको भ्रमण सकेर श्रीलंका प्रस्थान

बैशाख ३०, २०७४ मा प्रकाशित | 1353 views

थाइल्याण्ड ।

राष्ट्रपति विद्यादेबी भण्डारी थाईल्याण्ड र श्रीलंकाको ५ दिने औपचारिक भ्रमणका क्रममा नेपाली समय अनुसार आज बिहान ८ बजे थाईल्याण्डबाट  श्रीलंकाकालागि प्रस्थान गर्नुभयो ।

श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाको औपचारिक निमन्त्रणामा राष्ट्रपति भण्डारी श्रीलंका जान लाग्नुभएको हो ।

५ दिने भ्रमणका क्रममा राष्ट्रपति श्रीलंकाको क्यान्डीमा भईरहेको बुद्ध पूर्णिमाको समापनमा मुख्य अतिथीको रुपमा सहभागी हुनुहुनेछ ।

श्रीलंकाको औपचारिक भ्रमणका क्रममा राष्टपति भण्डारीले आफना समकक्षी सिरिसेनासंग भेटबार्ता गर्नुसंगै उच्च राजनीतिक भेटबार्ता गर्नुहुने कार्यक्रम छ ।

श्रीलंका जाने क्रममा राष्टपति भण्डारी हिजो थाईल्याण्डका लागि नेपालबाट उड्नुभएको थियो । उहां जेठ २ गते स्बदेश फर्किनुहुने कार्यक्रम छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web