राष्ट्रपति थाइल्याण्ड प्रस्थान, श्रीलंका भ्रमण गरेर फर्कने

बैशाख २९, २०७४ मा प्रकाशित | 664 views

काठमाडौं ।

राष्ट्रपति विद्या भण्डारी शुक्रबार थाइल्यान्ड प्रस्थान गर्नुभएको छ । थाइल्याण्ड हुँदै श्रीलंका भ्रमणमा जानुहुने राष्ट्रपति आगामी जेठ २ गते मात्र स्वदेश फर्कनुहुने भएको छ ।

राष्ट्रपति भण्डारी बुद्धजयन्तीको अवसरमा श्रीलंकाको क्याण्डीमा आयोजित विशेष सम्मेलनको समापन समारोहमा प्रमुख अतिथिको रुपमा सहभागी हुनु हुने भएको छ ।

राष्ट्रपति भण्डारीलाई बिदाइ गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल  सभामुख ओनसरी घर्तीलगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको टुकडीले सलामी अर्पण गरेको थियो ।

बैंककमा रहँदा राष्ट्रपति भण्डारीले स्वर्गीय थाई राजा भूमिबल अब्दुल्यादेजको पार्थिव शरीरमा माल्र्यापण गर्दै श्रद्धाञ्जली व्यक्त गर्नुहुनेछ ।

थाई राजा भूमिबलको गत वर्ष असोज २७ गते निधन भएको थियो । उनको पार्थिव शरीर ग्य्रान्ड प्यालेसमा राखिएको छ ।

बैंककपछि राष्ट्रपति भण्डारी उतैबाट श्रीलंका भ्रमणमा जानुहुनेछ । राष्ट्रपति भण्डारीले श्रीलंकाली समकक्षी मैत्रिपाला शिरिसेनासँग भेटवार्ता गर्नुहुनेछ ।

पाँचदिने भ्रमणमा सवारी मन्त्रीको रुपमा सघाउन सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकी पनि राष्ट्रपति भण्डारीको भ्रमण टोलीमा सहभागी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web