२५ सय ६१ औँ बुद्धजयन्ती विविध कार्यक्रम गरी मनाइयो

बैशाख २७, २०७४ मा प्रकाशित | 904 views

काठमाडौं ।

२५ सय ६१ औँ बुद्धजयन्ती आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । बुद्धजयन्तीका अवसरमा बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित समारोहलाई सम्बोधन गर्नुहुँदै उपराष्ट्रपति नन्दबहादुर पुनले विश्व शान्तिका अग्रदुत गौतम बुद्धका शान्ति अहिंसा र सत्कर्म जस्ता सन्देशहरु अहिले पनि सान्दर्भिक भएको बताउनुभयो ।

उहाँले लुम्बिनी आउने पर्यटकको बसाई बढाउन लुम्बिनीसँगै देवदह, तिलौराकोट, कुदान लगायतका बुद्धसँग सम्बन्धित क्षेत्रहरुको एकीकृत विकास आवश्यक भएको बताउनुभयो ।

यसअघि आज बिहान लुम्बिनीस्थित मायादेवी मन्दिर परिषरमा महायानी, बज्रयानी र थेरवादी गुरु भिक्षुहरु तथा लामा गुरुहरुबाट विशेष धार्मिक पुजा गरी बृहत शान्ति ¥याली निकालिएको थियो ।

त्यसैगरी बुद्धजयन्ती मूल समारोह समितिले काठमाडौंको आनन्दकुटी विहारमा सर्वसाधारणको दर्शनका लागि अस्थी धातु प्रदर्शन गरेको छ । प्रत्येक वर्ष बुद्धजयन्तीका दिन सर्वसाधारणको दर्शनका लागि अस्थी धातु प्रदर्शन गर्ने प्रचलन छ ।

गौतम बुद्धको अन्त्यष्टिको अवशेषलाई आस्थी धातु भनिन्छ । वर्षमा एक पटक मात्र देखाइने हुँदा आजका दिन अस्थी धातु दर्शनका लागि सर्वसाधारणको घुँचो लाग्ने गर्दछ ।

यसैगरी, बुद्ध जयन्तीका अवसरमा राजधानीको बौद्धनाथ स्तूपा तथा चाबाहिलस्थित ऐतिहासिक चारुमती विहारमा विशेष बुद्ध पूजा सम्पन्न भएको छ ।

त्यस्तै काठमाडौंस्थित स्वयम्भूमा बुद्धजयन्तीको उपलक्ष्यमा आज विशेष बुद्ध पुजा गरिएको छ ।

पुजामा काठमाडौं तथा वरपर क्षेत्रबाट भक्तजनको भीड लागको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web