गोरखामा देउवा र प्रचण्डका कार्यकर्ता कुटाकुट रोक्न हवाइ फायर

बैशाख २७, २०७४ मा प्रकाशित | 1017 views

गोरखा ।

गोरखाको गण्डकी गाउँपालिका ८, घ्याल्चोक माझटारमा नेपाली कांग्रेस र नेकपा (माओबादी केन्द्र) का कार्यकर्ताबीच एकआपसमा भएको झडप नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाइ फायरिङ्ग गरेको छ ।

प्रचारप्रसामा हिडेका दुई पार्टीका कार्यकर्ताबीच माझटारमा जम्काभेट हुँदा झडपको स्थिती आएको थियो ।

आज साँझ छ बजेतिर भएको झडपलाई नियन्त्रणमा लिन दुई राउण्ड हवाइ फायरिङ्ग गर्नुपरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक बीरेन्द्र थापाले जानकारी दिनुभयो ।

आफूहरुको कोणसभा भइरहेको अवस्थामा कांग्रेस कार्यकर्ता आएपछि झडपको स्थिती पैदा भएको माओबादी केन्द्रका स्थानीय नेता तुलसी रेग्मीले बताउनुभयो ।

माओबादी केन्द्रले बाटो छेकेपछि झडपको स्थिती आएको कांग्रेस नेताहरुको भनाइ छ । घटनास्थलमा प्रनाउ थापाको नेतृत्वमा थप प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web